आजका लागि प्रतिनिधिसभाको बैठक सुरु हुँदै

काठमाडौँ, फागुन २८ । आजका लागि प्रतिनिधि सभाको बैठक सुरु हुँदैछ । बिहान ११ बजेबाट संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
आजको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेबाट प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ पेस गरिदैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुनेछ । मंगलबारको बैठकमा भने प्रधानमन्त्री ओली विराटनगर गएकाले प्रतिनिधि सभाको बैठकमा अनुपस्थित थिए । बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ प्रस्तुत गर्नुहुनेछ ।
त्यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ प्रस्तुत गर्ने लगायतका विषयमाथि छलफल हुँदैछ ।
त्यसैगरी दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अर्को बैठक बस्दै छ । बैठक ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधि सभा भवन)मा बस्दैछ । उक्त बैठकमा पुनर्निर्माणको प्रगतिको अवस्था बारेमा छलफल गरिने भनिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया