आजदेखि पोखरा–छिन्दु उडान नियमित हुने

काठमाडौं, ५ चैत, २०८१ । आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि चीनको छिन्दुसम्म नियमित उडान हुने भएको छ । लामो समयदेखि पोखरेलीको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७०औंँ वर्ष पुगेको अवसरमा चीनको छिन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानास्थलमा आजदेखि नियमित व्यवसायिक चार्डर उडान सुरु हुने भएको छ । चीनको सिचुवान प्रान्तको सहयोगमा सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानास्थल पहिलोपटक नियमित व्यवसायिक चार्टर उडान गर्ने भएको हो । तीनवटा चाटर्ड उडानपछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।

आज १२७ चिनिया पर्यटक लिएर जहाज पोखरा विमानस्थल अवतरण गर्ने गर्नेछ र त्यही जहाज चढेर पोखराका पर्यटकीय व्यवसायी छिन्दु उड्ने छन् । यो उडानलले नेपाल र चीन बीचको हवाइ सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, साँस्कृतिक आदानप्रदान र व्यवसायिक सहकार्यलाई थप उचाइमा पु¥याउने नेपाल पर्यटनको बोर्डको विश्वास छ ।

पोखरादेखि छिन्दुसम्मको नियमित उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाइ सेवामा सहज पहुँचका साथै चिनिया पर्यटकलाई पोखराको मनोरम दृश्यावलोकनको अवसर प्रदान गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको यो पहिलो व्यावसायिक चाटर्ड उडानले पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास नेपाल पर्यटन बोर्डले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया