आजबाट मञ्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद खुल्यो, हेर्नुस कहाँ-कहाँबाट आवेदन भर्न सकिन्छ ?

बिजनेसपाटी ६ माघ
आज बिहिबारबाट मञ्जुश्री फाइनान्सको हकप्रद शेयरका लागि आवेदन खुल्ला भएको छ। पूँजी वृद्धि योजना अन्तर्गत फाइनान्सले एक सय ७५ प्रतिशत हकप्रद जारी गरेको हो । कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन फागुन ११ गते बन्द हुने जनाइएको छ । फाईनाइन्सको सेयर निष्काशन तथा विक्रि प्रबन्धक एस क्यापिटल रहेको छ ।

फाइनान्सले ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा पुस ९ गतेसम्म दोस्रो बजारबाट शेयर किनेका र साबिक शेयरधनीले हकप्रद भर्न पाउने छन् । कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो।

लगानीकर्ताले क्यापिटलको कार्यालयका साथै एस डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरू, मन्जुश्रीको सबै शाखा कार्यालय, त्रिवेणी विकास बैंकको बेशीसहर, पनौती, इटहरी, पाल्पा र भकुण्डेबेसी शाखाबाट आवेदन गर्न सक्ने छन् । त्यस्तै गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर शाखा मार्फत हकप्रदमा आवेदन गर्न सकिने जनाएको छ । मन्जुश्रीको हकप्रद निष्कासनपश्चात चुक्ता पूँजी ६८ करोड ९२ लाख ८७ हजार पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया