आध्यात्मिक पर्यटकीय केन्द्र बन्दै हेटौंडा

काठमाण्डौ ३ कात्र्तिक ।
श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम ठिमीद्वारा हेटौडाको जुरेथुममा निर्माणाधीन जगद्गुरुत्तम समाधी मन्दिरमा स्वामी हरिदासज्युले हालै एक वृहत आध्यात्मिक समारोहका बीच दिव्य पुष्पकलश प्रतिष्ठापन गर्नुभयो । जगदगुरु श्री कपालुजी महाराजको जन्मोत्सवको उपलक्षमा आयोजित दुई दिवशीय शरद पुर्णिमा महोत्सवको अवसर पारेर श्री राधा माधव समिति नेपालका अध्यक्ष संगीता दिदीको समुपस्थितिमा जय श्री राधे गुन्जनका साथ सम्पन्न उक्त प्रतिष्ठापन समारोहमा हजारौ साधक तथा स्थानीय सर्वसाधारणको उपस्थिति थियो । यसै अवसर पारेर स्वामी हरिदासजज्युले काठमाडौ पशुपतिपरिसर स्थित कृपालु उद्यानमा रद्राक्ष रोपण समेत गर्नुभएको थियो ।
स्मरण रहोस्, जगदगुरुत्तम श्री कृपालुजी महाराजका असीम अनुकम्पा तथा सत्प्रेरणाबाट उहांका एक मात्र नेपाली प्रचारक स्वामी हरिदासज्युको सक्रियतामा ऋषिहरुको तपोभुमि नेपालका विभिन्न स्थानहरु आध्यात्मिक पर्यटन केन्द्रका रुपमा विकसित हुंदै गईरहेका छन् । श्री राधा माधव समिति नेपालद्वारा स्वामी हरिदासज्युको सक्रियतामा भक्तपुरको ठिमीमा निर्मित भक्ति मन्दिरको २०६५ साल असोज १० गते स्वयम् कृपालु महाप्रभुका करकमलबाट समुद्घाटन भएयता श्यामा श्याम धाम स्थित यस भक्ति मन्दिर स्वदेशी तथा विदेशी लाखौ साधकहरुको निमित्त प्रमुख धार्मिक गन्तव्यको रुपमा विकसित हुंंदै गएको छ । यसैगरि स्वामी श्री हरिदासजीको श्री पशुपतिनाथ परिसरमा आध्यात्मिक उद्यान निर्माणको परिकल्पनालाई साकार बनाउन राधा माधव समिति नेपाल सम्वध्द विद्वत समाज नेपालको सक्रियतामा वनकालीमा निर्मित श्री कृपालु उद्यान एक आकर्षण केन्द्रको रुपमा विकसित हुंदैछ भने हेटौडामा निर्माणाधीन जगद्गुरुत्तम समाधी मन्दिर विश्वभरकै श्रीराधाकृष्ण भक्तिमार्गका साधक तथा आध्यात्मिक जनहरुका निमित्त एक महत्वपूर्ण आध्यात्मिक केन्द्र बन्ने र यसबाट हेटौंडाको पर्यटकीय महत्व बढ्ने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया