आमाद्धारा छोरी ज्वाईंलाई बीमा कोसेली
काठमाडौं ०८ असार २०७९।
कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरीएको रकमबाट छोरी ज्वाईंलाई उपहार स्वरुप जीवन बीमा गरिदिएकी छिन् । जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिएकी हुन् ।
कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गरेका थिए । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुवैको बीमा गरिदिएको कुरा उनले व्यक्त गरे ।
बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्व प्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ति पक्षले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया