आरम्भ माइक्रोफाइनान्सले चयन गर्यो बिक्रि प्रबन्धक
बिजनेसपाटी ३२ श्रावण
आइपिओ निश्कासनको लागि आरम्भ माइक्रोफाइनान्सले बिक्री प्रवन्धकका रुपमा एनआइसी एसिया क्यापिटललाई नियुक्त गरेको छ । माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआइसी एसिया क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले सम्झौतामा हस्ताक्षर गरेका छन् । फाइनान्सले प्रतिसेयर १ सय अंकित दरको २ लाख ९४ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
आरम्भ माइक्रोफाइनान्सले नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त गरी १५ पहाडी जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया