आर्कषक उपभोक्क्ता सहकारी संस्थाको ५ औ बार्षिक साधारणसभा सम्पन्न, यस्तो बन्यो नयाँ कार्यसमिति

बिजनेसपाटी १८ भदौ ।
जडिबुटिजन्य प्रोडक्टहरुको उत्पादन, बजारिकरण तथा विक्रिवितरण गर्दै आएको आर्कषक उपभोक्क्ता सहकारी संस्था लिमिटेडले स्थापनाको ५ औ बर्षगाँठ मनाएको छ । ५ औ बार्षिक साधारणसभाको अवसरमा संस्थाले सञ्चालकहरुको नयाँ कार्यसमिति समेत बनाएको छ । ललितपुरको सातदोबाटोमा रहेर सेवा दिँदै आएको यस सहकारीले शनिवार लगनखेल स्थीत बार एसोसिएसनको सभाहलमा बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेत प्रमुख अतिथिको रुपमा रहेका थिए भने फेमिली हस्पिटलका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा कृष्णकुमार राई विशेष अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा निर्वतमान अध्यक्ष गोपालप्रसाद दुलालले सभापतित्व गरेको थिए । दुलालले आफनो कार्यकालमा संस्थालाई अघि बढाउन भरमग्दुर प्रयत्न भएको र संस्थाले एउटा अति संर्घषको अवस्था पार गरेको बताए । उनले नवनिर्वाचित सञ्चालक सदस्यहरुले संस्थालाई हाईट दिनुपर्ने बताए । प्रमुख अतिथि रामशरण बस्नेतले आर्कषक सहकारी आफनो गन्तब्य र उदेश्यमा सफलतापुर्वक अघि बढेको भन्दै आफु पनि यस संस्थाको शेयर सदस्य बन्न चाहेको बताए । उनले यस संस्थालाई अझै अघाडी बढाउन आफुले सकेको सहयोग गर्ने बताए । विशेष अतिथि डा कृष्ण कुमार राइले नेपालमा जडिबुटीको भण्डार रहेको र त्यही बहुमुल्य जडिबुटी प्रशोधन गरेर स्वास्र्थबद्र्धक उत्पादनहरु बजारमा ल्याएको आर्कषक उपभोक्क्ता सहकारीको कार्य सह«ानीय भएको बताए । उनले यस सहकारीको भविष्य पनि उज्वल रहेको बताए ।
नवनिर्वचित अध्यक्ष दिपक प्रसाद घिमिरेले सहकारीले आफुलाई ठुलो जिम्मेवारी दिएको र त्यो जिम्मेवारी पुरा गर्न दृढ भएर लागिपर्ने बताए । आर्कषक उपभोक्क्ता सहकारीलाई अन्य सहकारीहरु भन्दा फरक र उदाहरणीय सहकारी बनाउने कार्यमा शसक्त ढंगले लागि पर्ने बाचा उनले गरे । आर्कषक उपभोक्क्ता सहकारीले हाल स्लीम टी, ग्रन टी, इनर्जी टी, हर्वल सावुन, मसाज वयल, कोल्ड एण्ड कफ टीका साथै अग्रानीक उपभोक्क्ता वस्तुहरुको उत्पादन तथा विक्रिवितरण गर्दै आइरहेको छ । हाल यस संस्थामा १३ जनाले रोजगारी पाइरहेका छन् । संस्थाको शेयर सदस्य १०३ जना रहेका छन् ।
यस्तो बन्यो नयाँ कार्यसमिति
सञ्चालक समिति
अध्यक्ष : दिपकप्रसाद घिमिरे
उपाध्यक्ष : श्यामराज बजगाँई
सचिव : विष्णुहरी केसी
कोषाध्यक्ष : कुबेर केसी
सदस्य : नविन नगरकोटी
सदस्य : रिसव गौतम
सदस्य : दिपक कार्की

लेखा समिति संयोजकमा : दिनेश गौतम
लेखा समिति सदस्य : अञ्जना पराजुली
लेखा समिति सदस्य : राजु सञ्जेल

फेसबुकबाट तपाईको प्रतिक्रिया