आर्कषक उपभोक्ता सहकारीको चौथो बार्षिक साधारणसभा सम्पन्न
विजनेसपाटी ६ कार्तिक
नेपाली बहुमुल्य जडिवुडीहरुको उपयोग गरी विविध स्वास्थबद्र्धक प्रोडक्टहरु उत्पादन तथा बजारिकरण गर्दै आएको आर्कषक उपभोक्ता सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सातदोबाटोमा कार्यालय रहेको सस्थाले शनिवार एक कार्यक्रम गरी आफनो चौथो बार्षिक साधारणसभा सम्पन्न गरेको हो । एकोल ब्राण्ड नै बनाएर स्वास्थ्यबद्र्धक ग्रीन टी, स्लीम टी, इनर्जी टी, हर्बल सावुन लगायत दर्जन भन्दा बढी प्रडक्टहरु उत्पादन तथा बजारिकरण गर्दै आएको संस्थाको सफलता प्रशंसनीय भएको सधारणसभाका प्रमुख अतिथि रहेका राजधानी डेरीका अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालन सदस्य रामहरी बजगाईले बताए । आर्कषक उपभोक्ता सहकारीले उदेश्य अनुसार जनमानसको स्वास्थ्यलाई ख्याल राखी जडिवुटीजन्य प्रोडक्टहरु उत्पादन गरेकोमा आफुलाई खुशी लागेको र संस्थाको शेयर सदस्य बन्नेर अभियानलाई सहयोग गर्न आफुले चाहेको बताए । उनले सहकारीको जडिवुटी अभियानलाई प्रभावकारी बनाउन आफुले सक्ने सहयोग गर्न तत्पर रहेको समेत बताए ।
विशेष अतिथि रहेका फेमेली हस्पिटलका अध्यक्ष डा कृष्ण कुमार राइले आर्कषक सहकारीको जडिवुटीजन्य अग्रानिक अभियानबाट आफु प्रभावित रहेको कारण आफनो हस्पिटलले सहकारीसँग सहकार्य गरेको बताए । डा राईले सो अवसरमा आफनो हस्पिटलमा सहकारीका सदस्यहरुलाई २० प्रतिशत उपचार फ्रि गर्ने घोषणा समेत गरे । उनले जडिवुटीजन्य प्रोडक्टहरुको संसारभर अधिक महत्व रहेको बताए । स्वास्थ्यको लागि अधिक लाभदायक जडिवुटीहरु नेपालमा रहेकोले त्यसको उपयोग गर्ने सहकारीको कार्य सह्रायनीय रहेको बताए । सहकारीका अध्यक्ष गोपाल प्रसाद दुलालले सहकारीको बार्षिक प्रतिबेदन पढेर सुनाएका थिए ।
कार्यक्रममा सहकारीलाई नविनत भिजन सहित प्रगतीपथमा लम्कन महत्वपुर्ण भुमिका खेल्नुहुने प्रबन्ध निर्देशक दिपकप्रसाद घिमिरेले शुभकामना मन्तब्य राखेका थिए । उनले हाल संस्थामा ४२ जना मजबुत शेयर सदस्य रहेको र आगामी दिनमा त्यो सङख्या अझै विस्तार गरिने बताए । वस्तु उत्पादन तथा बजारिकरणमा केही कठिनाइ रहेपनि आगामी दिनमा संस्थाले अझै गति लिनेमा आफु विश्वस्थ रहेको घिमिरेले बताए । आगामी दिनमा अन्तर सहकारी सहकार्यबाट संस्थाले कार्य गर्ने उनले बताए ।
सहकारीले आगामी दिनमा उध्मशीलताको व्यवसायिकरण गर्न एकोल मार्ट स्थापना गरी वस्तु विक्रि वितरण गर्ने, सहकारी बजार स्थापना गर्ने, एकोल पार्क स्थापना गरी वस्तु विक्रि प्रर्वद्धन गर्ने र हाल काठमाण्डौका विभिन्न स्थानहरुमा सञ्चालन गरिँदै आएको एकोल टी शपलाई देशैभर विस्तार गर्ने प्रबन्धक घिमिरेले बताए । कार्यक्रममा अमुल्य बहुउदेशिय सहकारी संस्थाका अध्यक्ष कमलराज हुमागाँइ, विजनेसपाटी डटकमका सम्पादक रिसव गौतम लगायत अथिति रहेका थिए । हाल सहकारीले नेपालमा मात्र नभइ नेपाल बाहिर पनि आफनो उत्पादन विक्रि वितरण गर्न थालेको छ । संस्थाले हाल बार्षिक ५० लाख हाराहारीमा कारोबार गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया