आर्थिक मन्दीबीच ५ करोड लगानीमा कुमारले खोले कल्चरल बस्तुको सुपरमार्केट
भक्तपुर
काठमाण्डौं अनलाइन ह्यान्डिक्राफ्ट सप प्रा.लिले भक्तपुरको लोकन्थलीमा फ्यान्सी एण्ड कल्चरल सुपरमार्केट आज शनिवारबाट संञ्चालनमा ल्याएको छ । राजनीतिक भद्रगोल, व्यवसायिक वातावरणको अभाव तथा बढ्दो मन्दीको बाबजुत “हामी जोगाउछौं कल्चर” भन्ने मूलनारा लिएर करिब ५ करोडको लगानीमा संञ्चालक कुमार उप्रेतीले व्यवसाय संञ्चालन गर्ने आँट गरेका हुन् । विगत डेढ दशक अघि अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका देशहरुमा कल्चरल तयारी सामाग्रीहरु निर्यात गर्दै आएका सञ्चालक उप्रेतीले आफ्नै देशमा यस्ता वस्तुहरुको आवश्यकता बढेकोले यो व्यवसाय सञ्चालन गर्नु परेको वताए
यो कल्चरल सुपरमार्केटलाई हास्य कलाकार जीतु नेपालले उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्व नायब न्यायधिवक्ता नरेन्द्र प्रसाद पाठक लगायत थुप्रै स्थानीय लब्ध प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागी रहेको थियो । प्रमुख अतिथि जीतु नेपालले नेपालको जातजाती, भाषा, संस्कृति, परम्परा जोगाउने वस्तुको विक्री वितरणको कार्यले आपूm गर्वित रहेको तथा सक्दो सहयोग समेत गर्ने कुरा बताए । करिब ५०० को संख्यामा रोजगारी सृजना गरेको कुरा कुमार उप्रेतीले बताए । उनी भन्छन्, ‘नेपालमा कुनै वस्तु आयत गर्न अत्यन्त सजिलो छ तर निर्यात गर्न प्रक्रियागत भन्झटहरु धेरै छन् । सरकार निर्यात मैत्री छैन आयत मैत्री छ ।’
हामीले नेपालको जातजाती, भाषा–भाषी, रहन सहन, संस्कृति, परम्पराको बस्तुहरु विक्री गरी बढ्दो व्यापार घाटालाई कम गर्न सक्छौं । निर्यात नै देशको अर्थतन्त्रको मेरुदण्ड हो उनले बताए । आगामी दिनमा अन्य ठाउँहरुमा समेत आउटलेट (विक्री कक्ष) बढाउने योजना रहेको उनले बताएका छन । व्यवसायमा सीप, ज्ञान र प्रविधिको प्रयोग गरेर चुनौतिलाई स्वीकार गर्दै अधि बढे कुनै पनि व्यवसाय सफल हुने कुरा बताउँछन् उपे्रती ।
फेसबुकबाट तपाईको प्रतिक्रिया