आवासीय चिकित्सकहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्न सरकार तयार
काठमाडौ २४ माघ २०८१ । सरकारी मेडिकल अधिकृत सरह सेवा सुविधाको माग गर्दै माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूले उठाउँदै आएका मागहरू सम्बोधन गर्न सरकार तयार भएको छ । बुधवार राति प्रधानमन्त्री निवासमा बसेको बैठकमा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवासीय चिकित्सकहरूका माग सम्बोधन गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरेपछि लिखित सम्झौता गर्ने बताएका थिए ।
बैठकमा प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य मन्त्री प्रदीप पौडेल, आवासीय चिकित्सकका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया