इन्भेष्टमेन्ट मेगा बैंकले सार्वजनिक गर्यो आर्कषक अफर

काठमाडौँ – ११ मङ्सिर २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसीएचएलसँगको सहकार्यमा एक अफर सार्वजनिक गरेको छ ।

आफ्ना मोवाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि बैंकले फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफर’ अफर सार्वजनिक गरेको हो । सो अफर अन्तर्गत हरेक तीनजना भाग्यशाली प्रयोगकर्ताले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एपबाट कनेक्टआईपीएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १–१ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर मंसिर १० गते देखि पुष ९, २०८० गतेसम्म लागु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया