इयुबाट बाहिरिने बेलायतको निर्णयसंगै पाउण्डस्टेर्लिङमा गिरावट, नेपाली रुपैयाँ पनि कमजोर

काठमाडौँ ११ असार
इयुबाट बाहिरिने बेलायतको निर्णयसंगै मुद्रा विनियम दरमा परिवर्तन देखिएको छ। जनमत संग्रहमा इयुबाट बाहिरिने पक्षमा परेको मतदान भारि भएपछि पाउण्डस्टेर्लिङ भारि गिरावट आएको थियो। हिजो शुक्रबारको कारोबारमा राष्ट्र बैंकले बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ तोकेको थियो भने बाणिज्य बैंकहरुले १०९ रुपैयाँ बराबर तोकेका थिए। त्यस्तै आज शनिबारक कारोबारमा राष्ट्र बैंकले डलर बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ तोकेको छ भने खरिददर मूल्य १ सय ८ रुपैयाँ ४० पैसा तोकेको छ।
त्यस्तै आज पाउण्डस्टेर्लिङको बिक्रीदर मूल्य १ सय ५१ रुपैयाँ ४२ पैसा रहेको छ भने अघिल्लो दिन यो मूल्य १ सय ६० रुपैयाँ ६५ पैसा थियो।
डलर बलियो हुँदा भारतीय रुपियाँ कमजोर बनेको हो। भारु शुक्रबारएकैदिन ६६ पैसाले ओरालो लाग्दा नेपाली रुपैयाँमा पनि यसको प्रभाब देखिएको छ। भारतीय मुद्रासँग नेपालको स्थिर विनिमय दर भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँको मूल्य समेत घट्ने गर्दछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया