इशानलाई बाबुरामको साथ

काठमाडौँ १७ जेठ ।

नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको भित्तामा रातो रङ्ग छ्यापेका कारण पक्राउ परेका इशान र अन्य ६ युवालाई छिटो छाड्न सरकारलाई आग्रह गरेका छन् । भट्टराईले हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनामा राखिएका इशान र उनका अन्य पाँच जना समर्थकलाई उनले त्यहीँ गएर भेटेका हुन् । प्रहरी हिरासतमा केही दिन भोकै बसेका इशानको टोलीसँगको भेटका क्रममा भट्टराईले भने ‘यो युवा अवस्थामा क्रान्तिकारी स्पिरिट आउँछ नै, तर संघर्ष गर्दा स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । शरीर रह्यो भने मात्रै संघर्ष गर्न सकिन्छ।’ इशानलाई भेट्न भट्टराईसँगै नयाँ शक्तिका नेपालका हिसिला यमी, गंगा श्रेष्ठ, सुरेन्द्र चौधरी पनि  गएका थिए। भेटपछि भट्टराईले ट्वीट गर्दै लेखेका छन् ‘सिंहदरवारमा विरोध स्वरूप रातो पोत्ने ईसान अधिकारी लगायत ६ जना युवाहरूलाई यो ‘क्रान्तिकारी’सरकारले थुनामा राख्नु कति उपयुक्त हो?छिटो छोडोस्!’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया