उच्छ्वास कविता र सिद्धिचरण श्रेष्ठ
स्वयम्भू शाक्य
मान्छेको जीवन दुई दिनको घाम–छायाँ जस्तो, आज छ, भोलि शुन्य भएर हामी माटोमा मिसिनु पर्छ । एउटा चुहेको गाग्री जस्तो थोपा थोपा पानी चुहेर एकदिन गाग्री रित्तो हुनुपर्ने
रहेछ । त्यसैले माया छ भने यो संसारलाई प्रेम गर्न सिक । दीन दुःखीहरूलाई पोलेको आत्मामा अलिकता पानी राखी निभाउँन खोज् । केवल वैभवको ज्वालामा अहंकार बनी पिल्सिएको आत्मालाई कुल्चिने नगर्नु ।
हो, भौतिक सुख र सुविधा आजको लागि मात्र हो । भोलिका लागि होइन् । भोलि त तिमी एक्लै हुनेछ । एक्लो जीवनमा न धन सम्पत्तिको आवश्यकता छ न सुख र सयलले बाँच्न सकिन्छ । केवल आँखा भएर पनि न हेर्न सकिन्छ न मुख भएर पनि न बोल्न सकिन्छ । हामीलाई आजको महत्व छ । आज हामीले धेरै काम गर्नुछ । भोलिको लागि बाटो बनाउँनु छ । हाँसी खुशी मान्छे मान्छेभित्र सबैले आ–आफ्नो सहयोग गर्नुछ । त्यसैले केवल आँगनमा बाँधी राखेका हात्ती होइन् हामी । कसैको दया र मायामा पलाउने होइन् हामी । हामी त मान्छे हौँ । मान्छेभित्र दानव होइन् मानवको बास हुनु पर्दछ ।
मधुशाखामा हामी हर्दम घुमेर हामी हामीमा हाम्रो जस्तो कहाँ हुन सकिन्छ र ? आमा तपाईको त्यो गहिरो सुस्केरा मेरो लागि आज अर्ती बनेको छ ।
आमा – वैभव वैभव जल्दछ ज्वाला
बाबु बहाऊ वैभव खोला,
बाँधी आँगनमा हात्ती—
हर्दम घुम तिमी मधुशाला ।
जग विनाको घर जस्तै भोलि विनाको आज जस्तैं बालुवै बालुवाको घरमा जे जसरी सिँगारिए पनि आखीर क्षण भरको लागि मात्र न हो । शून्य शून्यमा कोही नभएको बेला एक छिन बालुवामा पानी हाले पनि न परिणाम् आउँन्छ न पूmलै फुल्न सक्छ ? त्यसैले सपनाको यो घरभित्र विपनासम्म आई पुग्दा भताभुङ्ग भएर घर ढल्कि सकेको हु्न्छ ।
हामीलाई थाहा छ, झरनाले झर्भmर गीत गाउँदै युगैं युगदेखि मानव जीवनको लागि अमृत पिलाईरहेको छ । प्रतिपल उठेर होला यो धर्तीको छातीमा हलचल पैदा भएको छ । छोरोले आमालाई प्रश्न गरी सोढ्छन् । आमा म माया गर्छु धेरै तपाईलाई । तर आज के भैरहेको छ । खेलौनाको खेल सम्झेर जीवन हिँड्दा हिँड्दै पैतलाको डोब छाडेरै स्वर्गको बाटो जानु छ । आमा म बालुवाको घर सिँगार्न सक्दिन । वैभवको बाटोमा म कहिले पनि हिँड्न जान्दैन । मलाई झरना भैmं झर्न देऊ । मलाई क्षणभरको हाँसो हाँस्न नदेऊ ।
छोरो – के सिंगारुँ बालुवाको घर
क्षणभर हाँसी शून्य विजनमा
झर्ना झै झर्ने झर्झर
उठ्दछ प्रतिपल हलचल उरमा ?
आमा मेरो इच्छा छ । म जीवनमा कवि बनेर मेरो अभिभार पुरा गर्न चाहन्छु । आमा तपाई नरिसाउँनु होला । मेरो इच्छा भित्र म बाँच्न चाहँन्छु । मेरो मनले खोजेको अनि हृदयको कम्पनले भनेको मेरो आफ्नै बाटो म हिँड्न चाहन्छु । आमा मलाई थाहा छैन, तपाईलाई म के उपहार दिन सक्छु र ? यो जीवन तपाईकैं हो । यो रगत र मासु तपाईको नासो हो । त्यसैले आमा यो जुनीमा तपाईको गुण कहाँ तिर्न सक्छु र ? जुनी जुनीसम्म आमाको माया शिरमा राखी म कवि बनेर समाजको ऐना बन्न चाहन्छु ।
आमा, आमा यो जीवनको
कवि बन्ने मेरो अभिभार,
हृदय कम्पनले लैजान्छ उतै
टक्राउँ म के उपहार ?
कतै बिग्रेको छ भने हामीले बनाउँनुपर्छ । कतै भत्केको छ भने हामीले समाल्नु पर्छ । मलाई चिन्ता छ । यो संसारमा कतै भत्केको छ र कतै बिग्रेको छ भने जग बलियो पारी हामीले बनाउँनु पर्छ । आमा यहाँ कदम कदममा त्रुटी छ । त्रुटि सुधार नगरी हामी बाँच्नुको के अर्थ हुन्छ र ?
बाँच्नु केवल जीवनको लागि मात्र होइन । बाँच्नु केवल जन्म र मृत्यु लागि मात्र होइन । यसैले आमा म बाँच्नु छ । उरमा चिन्ता उठेर ज्बारभाट हटाउँनु छ । व्यवहारलाई सजिलो बनार्ई भविष्यको बाटो कोर्नु छ । समस्यै समस्याको यो जीन्दगानीमा समस्यको मूल जरो पत्ता लगाउनुु छ । यसैले मानव जीवन नदी जस्तैै बगेर सरल बग्नु छ । बिग्रे भत्केका सम्पूर्ण संसारलाई हामी महामञ्जुश्री बनेर बनाउनु छ ।
बिग्रेको अबको संसार
उरमा चिन्ता उठ्दछ ज्वार
कदमकदममा त्रुटि छन् आमा
बोझ गह्रुँ जग–व्यवहार ।
जिन्दगीको बाटो बनाउनु धेरै गा¥हो छ । पहाड फोर्नु पर्छ कतै नदी र नालामा पुल हाल्नुपर्छ । मान्छे बाँच्नको लागि मान्छेको इच्छानुसार काम गर्नुपर्छ । त्यसैले गा¥हो छ । मेरो जीवनको कवितामा थुप्रै भंmझट र विवशताको कथा छ । हिँड्दा हिँड्दै हिँड्न नसक्ने बाटो छ । हेर्दा हेदै हेर्नै नसक्ने विवसताको कथा छ । त्यसैले भविष्यलाई आँखाले केलाउन बाटोलाई सुगम पार्नु छ । लालाबाला भविष्यका कर्णधारहरुलाई स्वच्छ र सुन्दर अनि काँढा बिनाको बाटोेमा हिँड्उनु छ । त्यसैले आमा म चिन्तै चिन्तामा जलिरहेछु । मेरो जीबन कविता बनेर अरुलाई पढाईरहन् ।
जुन पथ छ सुगम शिशुतकलाई
कठिन त्यही हाय मलाई
आमा मेरो जीवन कविता
झंझटको हूँ म विवशता ।
बोभैm बोझको यो जिन्दगीमा जति जान्दछन् उति नै धेरै कठिन छ । भारै–भार छ । उचाल्नैं नसक्ने थेग्दै नसक्ने कति भार यो । त्यसैले म भन्छु आमा फेरि म पढेर मात्र के गरुँ ? कविता हुँ म कविवर बनी अभिलाषा छ मेरो चिर–संचित । आजकाल किन हो आमा मेरो आत्माले कविता कोर्छ ।
जे जान्दछु त्यो पनि बोझ कठैं
फेरि म के पढूँ आमा
कविता मेरो म बनूँ कविवर
यही चिरसंचित अभिलाषा ।
सत्यलाई खोलको आवश्यकता पर्दैन । सत्य नाङ्गो छ । आँखाले हेर्न गा¥हो छ । न आगोले पोल्छ न पानीले झिज्छ, यो त सृष्टि रहुँन्जेलसम्म चलिरहन्छ । त्यसैले यो जगको चालमा कसैले छोप्नु आवश्यक छैन । जे बोल्दछन् यो छातीभित्र थुप्रैँ बेदनाका पीडाहरू नपोखुन् भन्दैमा कहाँ रोक्न सकिन्छ र ? त्यसैले होला यो वैभवको पथमा रोक्छु भनेर रोक्न नसके भैmँ छिया छिया भएको मुटुभित्र ज्वारभाट चलेर आगोको मुस्लो निस्केको बेला कवि कविता नलेखी कहाँ बस्न सकिन्छ र ? मनको व्यथा कतै नपोखी मनैं मन भित्र कहाँ मार्न सकिन्छ र ?
खोल नलाई जगको चाला
बोल्छु म जो उरको भाषा
रोक्छ भन्दैमा वैभवको पथ
के म नलेखूँ अब कविता ?
आमा मलाई मेरो बाटोमा स्वतन्त्रपूर्वक हिँड्न देऊ । कसैको नियतीमा म आस्थाको बन्दी बन्न चाहन्न् । म त कवि हुँ आमा यो जगतको प्रतिद्वन्दी भई देश, काल र परिस्थितिलाई हेरी अन्याय र अत्याचारको बिरुद्ध विगुल फुक्नुपर्छ । न्यायको लागि आगो खान सक्नुपर्छ । विरोधको लागि विरोध मात्र होइन् एउटा मान्छे भएर कसैको दासत्व स्वीकार गर्न सकिँदैन ।
आमा, मेरो मेरै बाटो
होइन भ नियतिको बन्दी
भन्न हुन्न रे भन्छ घमण्डी
म कवि जगतको प्रतिद्वन्दी ।
भनिन्छ जन जनमा छीः छीः दुर् दुर् छ । सबैको मुखमा धिकारको जन्म भो । कदम कदममा काँढा जस्तै जताततै हाहाकार छ । मेरो गतिको प्रिय सिँगार हामी हामीमा खण्ड खण्ड छ । सत्य के हो त्यो लुक्दैन । एक दिन सबैको सामु ल्याउनु छ । सोच मात्र हाम्रो फरक न हो कसैको अलि ढिलो भो ।
दिन गयो रात गयो । समयानुसार चल्न नसक्ने मान्छे पुरानो भो । पुरानोमा खिया लाग्नु स्वभाविक छ । मान्छे नयाँ खोज्छ पुरानो होइन् । त्यसैले समयलाई चिन्नु छ । समयमा हामी हिँड्नु छ । कसैको कुभलो नचिताई जगत कल्याण होस् भनी हामी सबैले सोच्नु छ ।
पद पदको हाहाकारमा दुर् दुर्को धिकारमा पनि होइन् । कसैले घिसारेर व्रतको हाराहार भित्र अन्याय हामीले खोज्नु हुन्दैन । लामो सुस्केरा संगै आफ्नै कथाहरू पढेर हामी हामीभित्र उच्छावासका व्यथाहरू बुझ्नु पर्दछ । त्यसैले मलाई लाग्छ म भित्र तिमी अट्नु पर्छ । हामी हामीमा हामी भएर बाँच्न सक्नु पर्दछ ।
प्रियजनहरूका छीः छीः दुर् दुर्
दुनियाको बस धिक्कार
कदम कदमको हाहाकार
मेरो गतिको प्रिय सिंगार ।यही दुर् दुर् यही धिक्कार
पद पदको यो हाहाकार
लैजाने छन् मकन घिसारी
मेरो व्रतको हाराहार ।
हामी सबैले आ–आफ्नो खेल खेल्नै पर्छ । सच्चा चित्रको पक्षपाती भएर हृदय – हृदय भित्र प्रेमको धारा बगाउँनु पर्छ । म एउटा यसको पात्र बनेर क–कस्ले के के गर्दोरहेछ भनी सोधिरहँुला । प्रेमको यो सागरभित्र माया प्रितीका कथा श्रृष्टिका रूपमा भनिरहौँला । हृदय – हृदय भित्र अन्तर आत्माको कथा जोडिरहौला । चन्द्र र सूर्य अनि यो धर्ती र आकाश जस्तै नङ्ग र मासुको सम्बन्ध हामी सबैले बुझ्नु पर्दछ । त्यसैले माया – माया हो । माया भित्र सच्चाको दीयो बलेको हुन्छ । अध्यारोलाई विनाश गरी उज्यालोलाई हामीले न्याय पाएको भन्नै पर्दछ ।
अनि खेलूँला आफ्नै खेल
लिउँला आफ्नै सच्चा चित्र
हृदय हृदयको प्रेम बहाई
म बनूँला त्यसको पात्र !
लाग्छ उच्छ्वास युग कविको मनको व्यथा हो । कविले कविता कोर्न नपाउँला भनी आमासँग गरेको पुकार हो । लामो सुस्केरामा जीवन के हो बुझ्ने एउटा मार्ग हो । झरना झै झर्ने सुन्दर निष्कलक स्वच्छ पानी हो । अस्तु ।
प्रकासित मिति २०७७–५–६
फेसबुकबाट तपाईको प्रतिक्रिया