उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण

काठमाडौं १ फागुन

उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।

दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ ।

यद्यपि, सो मिसाइल कति क्षमतासम्म मार हान्न सक्ने हो भन्ने खुलाइएको छैन ।

उत्तर कोरियाका राष्ट्रपति किङ जोन उनले गत जनवरीमा आफनो राष्ट्रले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्ने घोषणा गरे अनुरुप यो मिसाइल परीक्षण गरेको अनुमान दक्षिण कोरियाको छ । उत्तर कोरियाले गत बर्ष मात्रै पाँच वटा परमाणु परीक्षण गरेको थियो । (एजेन्सी)

फेसबुकबाट तपाईको प्रतिक्रिया