उद्धवलालको जिवन: तारे होटलमा काम, राकाथुममा समाजसेवा
सगिता सुबेदी
काठमाण्डौ २७ फागुन २०७७।
उमेरले ४५ तिर हान्निएका रामेछाप राकाथुमका उद्धवलाल श्रेष्ठ काठमाण्डौमै बसेर पनि जन्मभुमीको सेवा निरन्तर तल्लिन छन । ०६० सालबाट समाजसेवामा हात हालेका उनी जापानी होटलमा काम गर्छन् जापानी पर्यटक घुमाउँछन् र सँगसँगै गाउँ–ठाउँको सेवामा छन् । रामेछापको दुर्गम राकाथुममा उनले पटक–पटक जापानी पर्यटकहरु लगेका छन । भन्छन् ‘‘जपानीहरुको संगतले अनुशासित, लगनशील र सहयोगी बन्न सिकायो’’। त्यसक्रममा उनलाई लागेको रहेछ नेपालमा पर्यटनको अथाह सम्भावना छ ।
श्रेष्ठ पर्यटन पेसामा लागेको पनि ३० वर्ष भइसकेको छ । पर्यटकहरुकै संगतले हुर्किएको उनको समाजसेवी चेतनाले यतिवेला करामत गरेको छ । कुनैबेला अत्यन्तै पिछडीएको रामेछापको राकथुममा उनले विजरोपण गरेको आफनो गाँउ आफै बनाउने चेतले यतिवेला त्यस गाउँको मुहारै बदलिएको छ ।
त्यसगाउँ उनी आफैले मात्रै परिवर्तन गरेका होइनन् । गाँउका नयाँ भाइहरुमा समाजसेवाको भावना जागरित गराएर संयुक्त पहलकदमीमा गाँउको विकास गरेका हुन् । उनी भन्छन् ‘‘मैले समाजसेवामा हात हालेपछी काठमाण्डौमा बस्ने मेरा गाँउका भाइहरु आज सामाजिक काममा दत्तचित्त रुपमा सक्रिय छन’’ । अग्रज गाउँले दाइको प्रयत्नमा आज राकाथुमले सरकारी विकास नदेखे पनि विस्तारै काँचुली फेर्दैछ । उनीहरुको नीजि प्रयासले धेरै काम भइसकेका छन । प्रगतिशिल युवा क्लब गठन गरेर समाजसेवाको वाटो समातेका उद्धवलालले यो १५ बर्ष बीच धेरै काम गरेको वताँउछन् । प्रगतिशिल युवा समाज नामक आफनो संस्था मार्फत उनीहरुले बाल विकास समाज नामक संस्थाको र अरुको पनि सहयोगमा नयाँ पक्की भब्य स्कूल बनाएका छन । उद्धवलाल भन्छन् ‘‘ हालसम्म गाउँमा खानेपानीको प्रबन्ध मिलाउने, बाटो घाटो बनाउने, हेल्थ क्लिनिक तथा स्वास्थ्य शिविर लैजाने जस्ता कामहरु भए ’’ ।
समासेवी उद्धवलाल श्रेष्ठले आफनै खर्चमा गाँउमा मन्दिर बनाउनेदेखि स्कूल बनाउनेसम्मको काम गर्दै आएका छन ।
शैक्षिक चेतना कमजोर भए विकास निर्माणको काम गर्न पनि गाह्रो पर्ने उनलाई लागेको छ । तर उनी काठमाण्डौबाट राकाथुमको लागि विकासको भारी लैजाने काम निरन्तर चलाइरहने बताउँछन । विभिन्न संस्थाहलाई अनुनय विनय गरेर उनले धेरै पटक धेरै थरी स्वास्थ्य शिवीरहरु गाउँ लगेका छन् ।
उनी पछिल्ला बर्षराजनीतिमा पनि सकृय छन्। राजनीति समाजसेवाको उच्चतमरुप भएकोले गाउँस्तरमा मात्रै नभएर राष्टिय स्तरमै समाजसेवाको काम गर्न सकिन्छ कि भनेर त्यसमा लागेको उनी बताउँछन्। सोसियल वर्कगर्नेहरुलाई राजनीति अनिवार्य भएको उनको निष्कर्ष छ । फलस्वरुप उनी ०७२ सालदेखि राजनीतिमा सक्रिय छन् । आफुले समाजसेवाको क्षेत्रमा हालसम्म गरेको कामहरुले सन्तुष्टि मिलेको बताउने उनी आफुजस्ते समाजसेवाको षेत्रमा लागेका भाइहरुलाई हृदयदेखि नै धन्यवाद भन्छन् । उनी एकपटक रामेछापको अरु भाग घिमेकाहरुलाई राकाथुमपनि घुम्न र आफुहरुले गरेको काम अवलोकन गर्न अनुरोध गर्छन् । आफनै मिहिनत र योगदानबाट मात्रै परिवर्तन गर्न सकिने तर अरुको बढ्ता आश गर्न नहुने उनी बताउँछन् । खासगरी स्थानीय तहमा ठुलाठुला योजना, कार्यक्रम ल्याउन राजनीतिकै जरुरत पर्ने उनलाई लागेको छ ।
राजनीीतमा पनि लागेसँगै उनले ०७२ सालमा सासंद लड्दाको अनुभव पनि संग्गालेका छन्। ०७२ सालमा उनी नेकपा मालेको तर्फबाट रामेछाप क्षेत्र नं २ समानुपातिक उमेदबार उठेका थिए । उतिबेला उनले जनताको राम्रो मत ल्याएर पनि हार ब्यर्होरेका थिए । आउने निर्वाचनमा चाँही जित हासिल गर्ने उनको लक्ष्य छ । त्यसका लागि गठबन्धन बनाएर चुनाव लड्ने उनका योजना छन् । आफनो कर्मले पनि जित्न सघाउने उनी बताउँछन् ।
प्रकासित मिति २०७७–११–२७
फेसबुकबाट तपाईको प्रतिक्रिया