उन्नति माइक्रोफाइनान्सले पुस २१ गतेदेखि आईपिओ निष्काशन गर्ने
बिजनेसपाटी १३ पौष
१० जिल्लामा सेवा प्रदान गर्दै आएको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनिले १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । आईपिओ निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ ।
कुल १ लाख ६५ हजार कित्ता मध्ये कम्पनीले ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको छ । लगानीकर्ताले छिटोमा पुस २५ र ढिलोमा माघ ५ गतेसम्म आईपिओमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ८ सय २० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि ५ करोड नाघ्ने छ । गत आर्थिक बर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड ६९ लाख खुद नाफा कमाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया