‘एआइटिम फाइभ स्टार कलेजको रुपमा बिकसित हुन चाहन्छ’– निर्देशक जोशीसँगको अन्तर्वार्ता

बसन्त जोशी,
कामु निर्देशक–एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट

१) एआइटिम कलेजको विगतको पृष्ठभुमीबारे केही बताइदिनुहोस् न ?

एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट सन् २००१ मा हवाइट हाउस एजुकेशन नेटवर्कको नामले स्थापना भएको हो । खुमलटारमा रहेको यस विल्डीङलाई हवाइट हाउसको नै कर्पोरेट विल्डीङ बनाउने भनेर हामीले सुरु गरेका थियौं । बीचमा विभिन्न कारणबश हवाइट हाउस एजुकेशनको अनरशीप एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टले लियो । हवाइट हाउस एजुकेशन नेटवर्कको नाम परिवर्तन भएर एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट भयो । २०१० देखि त्यो प्रक्रिया सुरु हुँदै २०१२ सम्ममा ५० प्रतिशत र २०१३ बाट शतप्रतिशत अर्नरशीप एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको भयो । त्यसपछि  हवाइट हाउस इन्र्टरनेशनल कलेज वानेश्वरमा गयो र एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट खुमलटारमै रह्यो । एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट अन्र्तगत हामीले अहिले होटेल म्यानेजम्यान्ट, सिभिल इन्जिनियरिङ, बायोटेक्नोलोजी, एमबीए, बिबिए लगायतका विभिन्न प्रोगामहरु सञ्चालनमा ल्याएका छौ ।

२) यस कलेजबाट दिक्षित भएका विधार्थीहरुले स्वदेशी तथा विदेशी बजारका के कस्ता प्रगती गरेका छन् केही बताइदिनुहोस् न ।

प्रोग्राम वाइज फरक–फरक छ । जस्तो वायोटेक्नोलोजीको विधार्थीहरुको कुरा गर्ने होभने विदेशी ठुला–ठुला वायोटेक्नोलोजी कम्पनीहरुमा कोही युके, कोही अष्ट्रेलिया, कोही क्यानडा लगायत देशहरुमा काम गरिरहेका छन् । कसै–कसैले आफनै पनि ल्याबहरु सुरु गरेर,  रिसर्च सेन्टर सुरु गरेर काम गरिरहेका छन् । इन्जिनियरिङका विधार्थीहरुको हकमा पनि राम्रा–राम्रा कम्पनीहरुमा काम गरेका भटिन्छन् देश विदेशमा । नेपालमा उनीहरुले आफनै इन्जिनियरीङ कन्सल्टेन्सी खोलेर पनि काम सुरुवात गरेकाहरु छन् । २००६ बाट सुरु भएको क्याम्पस हो यो हाम्रो । सम्पुर्ण डाटा त हामीसँग छैन । तर केही नभएपनि हाम्रो ८० प्रतिशत विधार्थीहरुले रोजगारी पाएका छन् । होटल म्यानेजम्यान्टको हकमा त हेर्ने हो भने अझै ९० प्रतिसत रोजगारी छ । हाम्रा विधार्थीहरु दुबइ, कतारमा विभिन्न ५ स्टार होटलहरुमा काम गरिरहेका छन् । नेपालमै पनि ५ प्रतिशतले त आफनै रेष्टुरेन्टहरु सुरु गरिसकेका छन् । यस्तो प्रकारको व्यवहारिक शिक्षाको साथ-साथमा व्यवहारिकता पनि हामीले दिएका छौ । ताकी उनीहरुले पढाइ पुरा गरेपछि त्यो शिक्षाबाट आफनो जिविकोपार्जनका लागि काम गर्न सक्षम हुन् र केही गरुन् भन्ने हिसावले हामीले काम गरिरहेका छौ । त्यसो हुँदा हाम्रो सक्सेस रेट ८०–९० प्रतिशत मान्नुपर्छ ।

३) बजारमा नीजि कलेजहरुले युरोप अमेरिका लगायतका देशहरुमा पलायन हुने प्रकारको जनशक्ति उत्पादन गरिरहेका छन् भन्ने आरोप छन् नी ?
हामी त्यो ट्रेन्डबाट ठयाक्कै उल्टो छौ । किनभने हामीले विदेशमा पठाउँदैनौ की विदेशकै समन्वयमा त्यही प्रोग्रामलाई नेपालमा चलाइदिन्छौ । जस्तो होटेल म्यानेजमेन्ट हाम्रो आइएमआई विश्वविधालय स्वीजरल्यान्डबाट अफिलिएटेड हो । हामीले २०१० बाट त्यो सहमती गरौं । सहमतीपछी हरेक बर्ष हामीले ८० जना विधार्थी भर्ना गरौं । त्यसबाट के हुन्छ भन्दा त्यो जुन मास छ, स्वीजरल्याण्ड गएर पढ्थ्यो । ती विधार्थीहरु नेपालमै पढ्ने भए । गत बर्षको डाटा हेर्दाखेरी लगभग ६०–७० हजार, महिनाको लगभग ५ हजार विधार्थीले नो अब्जेशन लेटर लिएर विदेश पढ्न गएको देखिन्छ । ६० हजार विधार्थी नेपालबाट पलायन हुनु भनेको देशको कति अर्थतन्त्र बाहिर जान्छ हेर्नुस त । धेरै पैसा बाहिर जान्छ । त्यसमा त कन्सल्टेन्सीको रोल यता-उती धेरै छ । त्यसलाई अलिकति मिनिमाइज गर्नुपर्छ भन्छु म । हामीले ती प्रोग्रामहरुलाई नेपालमै चलाइदिऔं । अझै पनि हामीले विदेशी विश्वविधालयहरु जस्तो स्कटल्याण्डको विश्वविधालयसँग हामीले वर्कआउट गरेर त्यहाँको प्रोग्राम यहाँ ल्याउन खोजिरहेका छौ । त्यसो हुँदा पढ्नको नाममा विदेश जाने पैसा जोगियो । जुन प्रोग्राम एउटा विधार्थीले स्वीजरल्याण्ड गएर पढ्दा १ करोड लाग्छ चार बर्षमा । त्यही कोर्सलाई हामीले साँढे ६ लाखमा पढाउँछौ । भनेपछि कत्रो पैसा जोगियो । नेपालमै बसेर, नेपाली नै भएर, नेपालकै टिचरहरुले, नेपालकै कलेजमा रोजगारीहरु पनि पाए । र, त्यही शिक्षा यहाँ पनि भयो । यो हिसावको हाम्रो काम छ । यस अर्थमा भन्दा हामीले विदेश पलायन हुन खोजेकाहरुलाई रोकेका छौ ।

४) यहाँको कलेजले साइन्स एण्ड टेक्नोलोजीलाई प्राथमिकतामा राखेको छ । बर्तमान परिवेशमा नेपालमा विज्ञान र प्रविधिको महत्वलाई यहाँले कस्तो महशुस गर्नुहुन्छ ?

देशको आर्थिक, भौतिक विकासमा विज्ञान र प्रविधिको महत्व अधिक हुन्छ । त्यसमा पनि वैज्ञानिकहरुकै भुमिका हुन्छ । नयाँ इनोभेसन, नयाँ क्रियशन, नयाँ डाइनानिजम, नयाँ चीज दिनका लागि त वैज्ञानिक नै हुनुपर्यो । त्यही भएर यस अर्थमा हेर्दा हाम्रो कलेजबाट उत्पादन हुने वैज्ञानिकहरु, इन्जिनियरहरु, वायोटेक्नोलोजिष्टहरु, टेक्निशियनहरु यीनिहरुको गहन भुमिका हुन्छ । तर उनीहरुलाई नेपालमा काम गर्ने वातावरण चाँही हुनुप¥यो । शिक्षा यहाँ लिएर अमेरिका गएर काम गरिदियो भने त हामीलाई के फाइदा भयो त । अहिलेको विधार्थी के छ भने यँही पढ्ने अनि अमेरिका जाने, त्यहाँ ग्रीन कार्ड होल्ड गर्ने, दुइ चार बर्ष पछी त्यँहीको नागरिक भएर बसिदिने छ । भनेपछी नेपालमा पढ्यो, विदेशमा गएर काम गरिदियो । हामीलाई केही पनि फाइदा भएन । ब्रेन डेन नै हो वास्तम्वमा त्यो । त्यही भएर सरकारको यस्तो नीति बनोस् विधार्थीहरुलाई अलिकति उद्यमशीलतातिर लगेर, नेपालमै केही गर्ने वातावरण बनायो । उधोग खोल्न दियो या एफडीआइको अवधारणा अघाडी बढाएर जस्तो की बोर्डले विदेशी लगानीलाई फटाफट बढाउनु पर्यो। त्यो बढाएपछि विदेशी लगानी नेपालमै भयो । हाम्रो विधार्थी नेपालमै अब्र्जब हुन्छ । ठुलो एउटा बायोटेक्निकल कम्पनी नेपालमा स्थापित भयो भने नेपालमा उत्पादन भएको विधार्थी यँही काम गर्छ नी । टेक्नोलोजी आउटशोर्स भयो । स्रोसाधनहरु पनि आउटशोर्स भयो । सबै चीज भयो । तर हाम्रै जनशक्तिले यहाँ काम गर्न पायो । सिक्ने मौका पायो । यहाँबाट प्रोडक्सन भएको सामान विदेशमा गयो । त्यसबाट आउने लाभासं पनि हामीले लिन पायौं । भनेपछि यसले देशको समग्र विकास गर्छ । त्यो अर्थमा यस देशमा वैज्ञानिकहरु उत्पादन हुनु, विधार्थीहरु यसरी प्रोडक्शन गर्न सक्दा फाइदा लिन सक्ने अवस्था त्यहाँबाट हुनसक्छ । होइन भने पलायन भएर विदेश गएका विधाथीहरुबाट हामीले फाइदा लिन सक्देनौ ।

५) अन्त्यमा, एआइटीमले विधार्थीहरुलाई दिने सुविधा र यहाँको शैक्षिक वातावरणबारे केही बताइदिनुहोस् न ?

हाम्रो यस क्याम्पस एक लाख २५ हजार बर्गफिटको विल्डप एरियामा छ यो । नेपालमै सबैभन्दा टप टेनमा पर्छ भन्छौ, अझ हामी त फष्ट नै भन्छौ आफुलाई भन्न त । तर त्यसो नभएपनि टप टेन भित्र हामी अवश्य छौ । यस क्याम्पसलाई ५ स्टार क्याम्पसको रुपमा हामीले विकास गरेका छौ । जस्तो ५ स्टार होटेल हुन्छ । कुनै कलेजको ५ स्टार नाम त हुदैन । तर पनि हाम्रो सस्थाको उदेश्य ५ स्टार क्याम्पस हो । हामीले यसलाई त्यो लेभलको बनाउने कोसिस छ । उही क्यापासिटि, उही फि स्टक्चर सबै त्यही । ठुलो कलेज भनेर फि बढने भन्ने पनि होइन । सबैले पहूँच पाउन भन्ने हिसावले नै योजना बनाइएको छ । ल्याबहरुको हिसावले हेर्ने हो भने कुनैपनि संकायको ल्याबमा हामीले कम्प्रोमाइज गरेका छैनौ । अहिले हाम्रो ल्याबहरु नै १२ देखि १५ करोडको ल्याबहरु नै छ । विल्डीङ तपाइहरुले देखिरहनु नै भएको छ । खेल्ने मैदानहरु देखि लिएर यहाँको सेमिनार हलहरुको साइज, कक्षा कोठाको साइज, विधार्थीको लबिको एरिया, क्लासमा विधार्थी र टिचरको रेसियो । डेक्स बेञ्चहरुको अवस्था । लाइभेरीको अवस्था यसो हेर्दाखेरी हामीले आधुनिकता अपनाएका छौ । हामीले मोर्डन भएरै जानुपर्छ भन्ने भएकोले कुनै ठाउँमा कम्प्रोमाज गरेका छैनौ ।

६) अरु कलेज र एआइटिएमबीच फरक के हो ?

एउटा त यो काठमाण्डौको कोलाहल भित्र छैन । टाढा छ । खुमलटार भनेको शान्त ठाउँ हो । यहाँ आउँने गाडी भन्दा अरु गाडीको आवाज यहाँ सुनिदैन । हाइवेका गाडीहरुले बजारमा गर्ने डिस्टर्ब यहाँ हुदैन । दोश्रो यहाँको तापक्रम काठमाण्डौको भन्दा दुइ डिग्रीले कम हुन्छ । यहाँ यति सहज ठाउँ छ पढनका लागि, अलिक हाइटमा पनि भएको हुनाले त्यो एउटा हावाको क्वालिटी पनि राम्रो छ । शहरको दुगन्धबाट अलिक टाडा छ । यसरी पढने वातावरण हामीकोमा राम्रो छ । वातावरण राम्रो हुने वित्तिकै त सक्सेज रेट र लर्निङ रेट राम्रो हुन्छ नै । विधार्थीको लागि वातावरण बहुतै महत्वपुर्ण हुन्छ । त्यो वातावरण हामीकोमा छ । अब वानेश्वरको एउटा चोकमा कलेज खोलेको छ । ठुलो छ । आवाज छ, दुनियाँ छ । चारैतिर हावाको प्रदुषण छ । कसरी पढाई राम्रो हुनसक्छ । त्यो अर्थमा भन्ने हो भने हाम्रो कलेजको वातावरण एकदमै राम्रो छ ।
प्रस्तुती : रिसव गौतम/हरि तिमिल्सना

प्रकाशित मिति २०७५ -३-२१

फेसबुकबाट तपाईको प्रतिक्रिया