एउटा भन्छ मैले जितौ अर्कौ भन्छ मैले

-एउटा भन्छ मैले जितौ अर्कौ भन्छ मैले
राजनितीको खिचतानी कैले मिल्ने कैले
एकै घरको चारजनामा चारैतिर फर्कि
सुन्दा कुरा उस्तै लाग्ने हिड्छन् तर्कि तर्कि
सबै भन्छन् देशबनाउन अब लागि परौ
हातमाथि हात मिलाई अगाडी हामी बढौ
नपुगुञ्जेल सत्ता माथि नमस्ते मात्रै खाइने
जिताएर पठाउदानि धोका मात्रै पाइने
देशमा यस्तै हुदै आथ्यो यो पाला नहोस् कतै
खुसिको मुहार देख्न पाइयोस साच्चै जता ततै

_सगिता सुबेदी

फेसबुकबाट तपाईको प्रतिक्रिया