एक अर्बको सामुहिक लगानी कोष आउदै, बोर्डले दियो अनुमति
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_779,h_493/https://businesspati.com/wp-content/uploads/2017/04/MF-LOGO.jpg)
बिजनेसपाटी ४ बैशाख
धितोपत्र वोर्डले लक्ष्मी क्यापिटललाई दोस्रो इकाइहरु निस्कासन गर्न अनुमति दिएको छ। एक अर्ब रुपैयाँ बराबरको एक करोड इकाईहरु निस्कासनको अनुमति लक्ष्मी बैंकले पाएको हो। लक्ष्मी क्यापिट लक्ष्मी बैकको सहायक कम्पनी हो। ३ हप्ता भित्र फण्ड निष्काशन गरिने लक्ष्मी क्यापिटलले जनाएको छ । यसअघि ४० करोडको सामुहिक लगानी कोष लक्ष्मी भ्यालु फण्ड जारी गरेको लक्ष्मी क्यापिटलको यो दोस्रो सामुहिक लगानी कोष हो । १० वटा सामुहिक योजनाले यसअघि इकाई निस्कासन गरेकामा लक्ष्मी ११औ सामुहिक योजनामा परेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया