एक रुपैयाँमा प्रभु बैंकको आस्वा
काठमाडौं २७ जेष्ठ ।
प्रभु बैकले १ रुपैयाँमा आस्वा फारम भर्न मिल्ने ब्यवस्था लागू गरेको छ । बैंकहरुबीच आस्वाको लागि आवेदन दिँदा निःशुल्क फारम भर्ने होडबाजी चलिरहेको बेला प्रभु बैंकले १ रुपैयाँमै आवेदन दिन सकिने ब्यवस्था लागू गरेको हो ।
धितोपत्र बोर्डको निर्णय अनुसार बैंकले माघ ५ गतेदेखि तोकिएको लागत शुल्कमा आस्वा आवेदन लिँदै आएको थियो । बैंकले लगानीकर्ताको हितलाई केन्द्रित गर्दै बैंकले सो ब्यवस्था लागू गरेको हो । केन्द्रीय कार्यालय लगायत देशभरका १ सय ३४ शाखाबाट प्राथमिक सेयरको लागि आस्वाबाट आवेदन दिन सकिने बैंकले जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया