एकहुँदै उठ
मुक्तिनाथ अधिकारी
-हाम्रो देशको संस्कृति सभ्यता जोगाउ एकहुँदै उठ
हाम्रो प्यारो देश राम्रो नेपाल बनाउन एकहुँदै जुट ।
धनको पछि लाग्दै आफूलाई किन महान भन्छौ
छोडि जाने मानिस चोला धनलाई किन ठूलो ठान्छौ ।
एकतामा गोलवद्ध हँुदै देशको मुहार फेर्न जान
मानिसको दुखः बुझ्दै सबै मानिसलाई आफ्नो थान ।
रहेछ संसार एकदिन जाने मृत्युपछि खैकेपो लान्छौ
शाश्वत सत्य जीवन हाम्रो आफ्नै पहिचान राम्रो थान्छौं ।
मानिस मानिस बिच झगडा किन आफ्नै धर्ती प्यारो
सुन्दर शान्त नेपाल हाम्रो किन द्वन्दको हुन्छ अँध्यारो ।
सगरमाथा जस्तो अटल पहिचान संस्कार भुल्दै छौ रे
बुद्ध जन्मेको शान्ति भूमिमा द्वन्द फेरि बाल्दै छौ रे ।
हजारौं जातभाषी हाम्रो देशमा एकता टुट्न दिनु हुन्न
विदेशीको शरणमा झुक्दै नेता हो तल गिर्नु दिनु हुन्न ।
मिलीजुलि बस्छौ हामी राजनीतिक स्वार्थमा नडुब
देश बनाउन देशभित्रै कल–कारखाना खोज्न नछुट ।
कति माग्छौ भिख नेता हजुर विदेशीलाई हात फैलाई
सोच अब नेपालीको भलो देशमै रोजगार उद्योग चलाई ।
जोगाई राख आफ्नो स्वाभिमान विश्व सामु उज्यालो छर्दै
खान्छौं हामी देश शान्त भए आफ्नै पाखा खेतबारी भर्दै ।
निजगढ ८ वारा
फेसबुकबाट तपाईको प्रतिक्रिया