एकान्त कविता र युगकवि
स्वयम्भू शाक्य
ग्रह–नक्षत्र भएको अनन्त लोक ब्रह्माण्ड हो । यो लोकभित्र ईश्वरले अहिलेसम्म आफ्नै राज्य चलाईरहेको छ । कतै घाम लाग्छ त कतै पानी परिरहेको छ । कतै गर्मी छ त कतै चिसोले मुटु कामिरहेको छ । अनौठो छ, यो संसार हामीले बुझ्नै नसक्ने अदृश्य भाषामा लेखिएको रहेछ । समयको गतिसँगै आज र भोलि भन्दै यो मत्र्यलोकबाट असंख्य मान्छेहरू आउने र जाने गर्दोरहेछ । स्वर्ग र नर्कलोकतिर आ–आफ्नो कर्मको फल बोकेर हिसाब किताब बुझाउनु पर्ने रहेछ । हामीलाई थाहा छ, प्राणीहरूलाई दया र माया गर्नु धर्म हो । आपूm नखाएर भए पनि अरुलाई खुवाउनु परोपकार हो । त्यसैले यो रमणीय धर्तीमा बसेर हामी–हामीभित्र यो लोक कष्टकरलाई संदाका लागि हटाउँन सक्नु पर्छ ।
रचना, सृष्टि भन्दा अगाडीको कुरो हो । उजाड वा रम्य के थियो हामीलाई थाहा हुने कुरो भएन । त्यसैले यो लोक ईश्वरको सृष्टि हो । एकान्त अनि सुनसान ठाउँमा मान्छे जन्मिनु भन्दा अगावैं ईश्वरको बास बाहेक अरु के हुन सक्छ र ? सृष्टिको यो रचनाभित्र पक्कै मान्छे जन्मिनु भन्दा पहिला जलप्राणीहरूको सृष्टि भएकैं हुनुपर्छ । शुन्य कहाँ थियो होला र ? चन्द्र सूर्यले बाटो नबिराईकन आफ्नो गोरेटोमा हिँडिरहेको थियो । दिन र रात बनेर यो जगतमा कहिले घाम र कहिले पानी पर्दै थियो । ऋतुहरू आफ्नै धुनमा पालै पालो आ–आफ्नो व्यवहार चलाई रहेको थियो । त्यसैले यो जगत शुन्य भएर पनि समयले विभिन्न कालखण्डलाई पार गर्दै अनन्त मान्छेको अस्तित्व पलाएको होला ।
हो, मन एकान्त भए पछि मान्छेले सुनसान खोज्नु स्वभाविक हो । तलाऊमा तरङ्ग नआएसम्म पानी चुप लागेर बस्नु उसको धर्म हो । त्यसैले आ–आफ्नो धर्म निभाएर होला यो जगतमा सृष्टिको शुरुवात भएको हुनुपर्छ । शुन्यबाटै पलाएर आजको युग जन्मेको हुनुपर्छ । रमणीय लोक परलोक भन्दा छुट्टै अस्तित्व बोकेर प्राणीहरूलाई यहाँ बस्नको लागि बास दिएको हुनुपर्छ । त्यसैले भनिन्छ यो संसार शुन्य छ । शुन्यबाट पलाएर होला आखीरमा शुन्यमा हराउने छ । जसरी आयो त्यसरी नै जाने भएपछि यहाँको बसाई दुई दिनको थकाई मार्नका लागि मात्र हुनेछ । आउने र जाने क्रममाः सबै एक्लै भएर एकान्त ठाउँमा कसैले खोज्न नसक्ने गरी कता कता हराउन पुग्नेछ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले मनमा आजको युग कसरी सृष्टि भयो ? यो रम्यलोक रचना हुनु भन्दा अगाडी एकान्त सुनसानमा कसरी बसिरहेको थियो ? सम्पूर्ण जगत नै शुन्य थियो भने सृष्टिको शुरुवात हुनुभन्दा अगाडी अरु पो केही थियो कि ? न कि अरु बस्तु यहाँ क्रमशः विकास भएको हो ? भन्ने जस्ता विभिन्न तर्कनाहरूले प्रस्तुत कविताको जन्म भएको पाइन्छ ।
यो रम्य लोक रचना हुनको उजाडि
एकान्त लौ भन, बस्दथियौं कसोरी
सम्पूर्ण के जगत शुन्य थियो उहीले
वा क्यै थियो कि अरु बस्तु यहाँ क्रमैले ।
तिम्रो त्यो विशाल रमणीय शरीरमाथि मान्छेहरूले टेकेर घरजम गरे पनि तिमी चुप लागेर बस्नुको अर्थ के हो ? तिमीले नढाँटीकन भन्न सक्नुपर्छ । त्यो मनुष्य तिम्रो के साईनो पर्छ ? नत्र तिम्रैं शरीरमा फोहोर गर्नुको अर्थ के हो ? जीउनका लागि आहार विहारमा मनपरी शासन चलाउँन दिनुको अर्थ के हो ? तिमीले भन्नैपर्छ । चुपचाप बसेर मौनव्रत लिन पाउने छैन । कि त तिमीले यो संसार सृष्टि गर्दा आफ्नो इच्छानुसार मनपरी रचना त गरेको होइन् ? कि त तिमीले सृष्टिलाई सम्हाल्न नसकेको पो हो की ? सत्य आज तिमीले गर्भको इतिहास खोज्नुपर्छ । यो संसारको रचना को बाट भयो तिमीले बुझाउँनै पर्छ । होइन भने इतिहासले तिमीलाई धिक्कार्ने छ । यस्तो मनोहर ठूलो प्रतिभा तिमीले कसरी बनायौं ? अनौठो छ, यो अनौठो भित्र आगो र पानीको कथा छ । हावा र हुरीको व्यथा छ । कलिला ती मुनाहरूको हरियालीको गाथा छ । आ–आफ्नो सुरमा, आ–आफ्नै धुनमा प्रकृतिले सजाएको यो धर्तीमा कहिल्यै नटुट्ने धागोको सम्बन्ध छ । विशाल, आँखाले देखनै नसक्ने रमणीय गुणगान गाउँनै नसक्ने यो धर्तीमा हामीले खोजेर मात्र हेर्न सक्नुपर्छ । आपूmलाई चाहेको बस्तु प्राप्त गर्न सक्छ । त्यसैले तिम्रो यो रचना कस्तो ? सबै मिलेर आ–आफ्नो बाटो लागिरहेछ । न सिकाउँनु पर्छ न सच्याउँनु पर्छ । ओरालोमा पानी बगे जस्तै सबैले आ–आफ्नो धर्म निभाईरहेछ ।
भन्नु र नभन्नु मनको कुरो हो । आफ्नो आत्मा चोखो भएर होला कहिले नढाँटिकन सत्यको व्यवहार गर्न खोज्छ । तर मन त पापी छ । जति घाम र छायाँ भए पनि, जति माया लागे पनि ऊ झुठो बोल्न सक्छ । स्वार्थी भएर आफुले पाएँ पनि नपाएको व्यवहार गर्न सक्छ । तर तिमी त्यस्तो होइन । सत्यलाई कुल्चिएर कहिल्यै हिँड्नै सक्दैन । ढाँट्नु त परको कुरा हो । मनपरी रचना कहिल्यै पनि गर्नै सक्दैन ।
तिम्रो विशाल रमणीय शरीरमाथि
टेक्ने मनुष्य कुन हो भन क्यैं नढाँटी
वा आफ्नै मनपरी रचना गरेको
यस्तो मनोहर ठूलो प्रतिभा छ तिम्रो ?
जगतलाई बुझ्न गाह्रो छ । शुन्यदेखि शुन्यसम्म अध्ययन गर्नु धेरै कठिन छ । यो गतिशील संसारमा सम्पूर्ण जगतको अन्त्य गराउने काल पनि हुन्दोरहेछ । महामायाले मोहित बनाउने शक्ति भएकी जगन्मोहिनी र संसारकैं हर्ताकर्ता जगद्गुरु पनि हुन्दोरहेछ । गुणवानदेखि वैगुणसम्म, करुणादेखि हिंसासम्म, सत्यदेखि असत्यसम्म र धर्मात्मादेखि पापीसम्म आ–आफ्नै सुर र तालमा रम्दै हिँड्ने मान्छेहरू पनि हुँदोरहेछ । त्यसैले यो जगजननीको संसारमा मनले आटेर केही काम गरे पनि दोधारमा परी गुत्थी फुस्किन्दोरहेछ । भनिन्छ, सूर्योदयदेखि सूर्यास्तसम्म मान्छेहरूले सु–कार्य गर्न सक्नुपर्छ । राम्रो–नराम्रो आ–आपूmले छुट्याएर विवेकको यात्रामा चल्न सक्नुपर्छ । भोलिको लागि यो भन्दा पर परलोकसम्म जीउँने बाटो खोज्नुपर्छ । त्यसैले यो जगत्लाई बुझ्न गाह्रो छ । पत्रे चट्टान जस्तै तह–तहलाई खोलेर हेर्न सक्नुपर्दछ । एउटा तहमात्र खोलेर के भो ? करौडौं तह खोल्नका लागि लाखौं जुनी बाँच्नु पर्छ ।
यो अनित्य संसारमा आफ्नो भन्ने केही रहेनछ । आफ्नै प्रिय शरीरलाई पनि हामी एकदिन छोडेर जानु छ । त्यसैले जगत् के हो ? बुझ्न गाह्रो छ । पूर्वबाट करौडौं चोटी सूर्य उडाएर पश्चिमतिर अस्ताई सकेको छ । एउटा सुनौलो किरणले सम्पूर्ण प्राणीहरूलाई जागृत गरेर मभित्र अटाउँन सक्ने हामीहरूको ठाउँ बनाउँन सक्नुपर्छ । केवल व्यर्थैं समय फालेर होइन । यहाँ त भ्याई नभ्याई छ । असार पन्ध्र लागे जस्तो जिन्दगीमा थुप्रैं काम गर्नु छ ।
आश्चर्य लाग्छ, सागरभित्र डुबेर मात्र हेर । त्यहाँ पनि एउटा छुट्टै संसार रहेछ । यो लोकमा के छ के छैन एउटा मनुष्यले कहाँ पत्ता लगाउन सकिन्छ ? नदीमा डुबेर निसासिएको मान्छे जस्तो केवल भरङ्गै भरङ्गले रिङ्गता लागेको मान्छे कहाँ हिँडेर जान सकिन्छ र ? त्यसैले डुब्नु अर्को लीला खोज्नु हो । दिन डुबेर रात भए जस्तो रात डुबेर दिन हुनु हो । यो त संसारको रीत हो । अतुतरूपमा निरन्तर बगिरहने समय हो । किनारालाई छिया छिया पारेर नै किन नहोस् आफ्नै बाटोमा हिँड्ने नदी हो ।
यो अनौठो संसारमा हामीले जति बुझ्न खोजे पनि बुझ्न गाह्रो छ । समयले हामीलाई नपर्खे पछि व्यर्थै समय मात्र खेर फाल्दैछ । त्यसैले यो छोटो आयु भएको जिन्दगीमा चाँडै काम सकेर सुत्नु छ । भोलि चाँडै उठेर परलोकको बाटोमा हिँड्नु छ । यो कस्तो जीवन ? दुई दिनको घाम छायाँ जस्तो वारीबाट पारीमा बस्ती बसाल्नु छ । मनमा थुप्रैं तर्कनाहरूले सधैं समुन्द्रमा डुबेर होला बगाउँदा बगाउँदै किनारामा फालिएको लाश जस्तै यो मन भरङ्ग हुनेछ ।
के हो जगत् सकल बुझ्न सकीनँ कति
व्यर्थैं बित्यो समय केवल पूर्वपट्टि
आश्चर्यको उदधिमा म सदैव डुब्छु
पत्तो नपाई अनि फेरि भरङ्ग हुन्छ ।
आश्चर्य लाग्छ यो लोकमा मान्छेलाई किन सुख र दुःख दिने गरिन्छ ? भाव बिह्वल हुँदा मान्छेले आपूmले आपूmलाई किन चिन्न सक्दैन ? मनभारी भएर होला यो विशाल संसारमा सबै अनित्य छ । निश्चित केही छैन । सबै अनिश्चित छ । हो, समयले आजलाई भोलि बनाउने छ । खोलाको पानी जस्तै बगेर कता कता हराउँने छ । आखीर आयु न हो । आयुले सजिवलाई मात्रा होइन निर्जिवलाई पनि भष्म पार्दोरहेछ । आज छ भोलि छैन । समयसीमा बोकेर आएपछि सबै नासिनु पर्दोरहेछ । त्यसैले यो लोकमा मेरो भन्नु केही छैन । जसरी आयो त्यसरी नै जाने भएपछि यो शरीरलाई मेरो भन्नु कहाँ सकिन्छ र ? आगोमा सल्केर धुँवा भएपछि खरानी बनी माटो बन्नु बाहेक अरु के नै हुन्छ र ? आश्चर्य लाग्छ, सोच्नै नसकिने भारी बोकेर यो अनित्य संसार कसरी चलिरहेछ ? आँखाले देख्नै नसक्ने तिम्रो त्यो विशाल काम कति भारी रहेछ । शुरुदेखि अन्त्यसम्म असंख्य प्राणीहरूको अनिश्चित यात्रामा भारी बोक्न कति गाह्रो हुन्दोरहेछ । त्यसैले त्यो अनिश्चित विशाल भारीबाट पार लाग्न नसकेर त्यो अपारबाट कहिले पार पाउन सकिएला ? नदीको किनारा जस्तै वारी र पारी बीचमा नदी भएर जहाँबाट पार लाग्नु पर्ने हो त्यही अल्झेर किन दुःख र कष्ट भोग्नु परिरहेको छ ? आवश्यक छ, हामीले विचार गरेर मात्र कहाँ पुग्न सकिन्छ । अपार त्यो विशाल पहाड जस्तो हिँड्नै डर लाग्दो ठाउँमा विचार पु¥याएर मात्र हिँड्नु पर्छ ।
भनिन्छ, एकान्त बासमा मात्र एक्लो मान्छे कहाँ बस्न सकिन्छ ? न बोल्न पाउँछ न सुन्न सकिन्छ । केवल भौतारिएर हिँड्नु बाहेक अरु पो के हुनसक्छ र ? सुनसान चकमन्न भूईमा अध्यारो पोतेको बेला आफ्नो मनको कुरा कसलाई पो सुनाउँन सकिन्छ ? डर लाग्दो छ, एकान्त वास मान्छेलाई मन पर्ने कुरो होइन् । संघर्षै संघर्षमा जिउँनु पर्ने यो जीवनमा घाम र छाँयाले आवश्यकताभित्र थुपैं विचारहरू जन्म दिन्दोरहेछ ।
विचारनै प्रगति र दुर्गतीको माध्यम हो । कुवाको पानी जस्तो मूल कस्तो छ त्यसमा भरपर्ने कुरो हो । आज राम्रो छ तर भविष्यमा नराम्रो पनि हुन सक्छ । नराम्रो कहिल्यै काहिँ राम्रो भएर पनि निस्किन सक्छ । यो त विचारकको कुरो हो । जसरी हिँडाउन्छ त्यसरी नै फल पाउने कुरो हो । भनिन्छ, आवश्यकताले भोक र प्यासलाई मेटिने गरिन्छ । जहाँ आवश्यकता छ, त्यहाँ समाधानको बाटो पनि हुनुपर्छ । जहाँ आगो छ त्यहाँ धूँवा पनि अवश्य हुनुपर्छ । त्यसैले आवश्यकताको सिद्धान्त अनौठो छ । आवश्यकता भित्र आवश्यकताले नै पूर्ति गर्न सक्नु पर्दछ । होइन भने त्यो आवश्यकताभित्र नपर्न सक्छ । हो, ठाम्न नसक्ने भारी बोकेर के गर्नु ? दुई चार पाइला त हिडौंला । अनि त्यस पछिको बाटो के हुने हो ? हामीलाई थाहा छ, तर थाहा पाएर के गर्नु ? एकान्तवासमा कसले कसलाई सुनाउँछ र ? यो निश्चित नभएको संसारमा एक दिन ढुङ्गा पनि पग्लेर जानु पर्छ । विशाल छाती भएर अपार काममा लागे पनि जति काम गर्दा पनि कहिल्यैं नसकिने भो ? त्यसैले आश्चर्य लाग्दो छ । यो लोकमा सबैले आ–आफ्नो कर्मले पार लाग्ने हो । आवश्यकता भित्रको त्यो विचारले समयलाई सधैं पर्खेको हुन्छ ।
आश्चर्य विह्वल हुने सब लोकलाई
तिम्रो अनिश्चित विशाल छ कार्य भारी
लागिन्न पार त कसै पनि त्यो अपार
आवश्यकीय तर तैपनि त्यो विचार
एकान्तवास, कोही नभएको ठाउँ हो । सुनसान र निर्जन स्थल हो । त्यसैले यो संसारमा एक्लो बसाई कसलाई मन पर्छ र ? एकाविहानीमैं रविको दर्शन गरेर पश्चिमको अस्तचलमा नपुगेसम्म मान्छेहरू आ–आफ्नो कर्म गर्न रुचाउँछन् । हो, मान्छेको रीतिथिति नै यसरी चलिरहेको छ । वर्षादमा पानीले रुझे जस्तै यो मान्छेहरूको भीडमा मान्छे एक्लै किन हिँडिरहेछ ? स्वार्थले अन्धो भएर होला मान्छे आफ्नो हितको लागि मात्र किन सोच्न थाल्छ ? भलो कुभलो जे जस्तो भए पनि आफ्नै मात्र भलो किन खोजिरहेछ ? बुद्धि र विवेकलाई बन्धकी राखेर यो आत्मालाई किन मान्छे बेचिरहेछ ? मुखमा हालेको गाँसलाई नचपाईकन मान्छेहरू किन निल्न खोजिरहेछ ? म–मभित्र हराएर पनि म मात्र किन जन्मिन खोज्छ ? त्यसैले तिमीले नढाँटीकन भन्न सक्नु पर्छ । मान्छे स्वार्थान्ध लम्पट किन भइन्छ ? दुई दिनको जिन्दगीमा सबै छोडी जानु पर्छ भनी थाहा पाएर पनि मान्छे किन स्वार्थी हुन्दोरहेछ ? मेरो घर कहाँ छ र ? जबकी आफ्नो नै कुनै ठेगाना छैन । यहाँ वहाँ कहाँ कहाँ बिलाउँदा म कहाँ पुग्छ मलाई नै थाहा छैन । बास बस्न आएको मान्छेँ संधैका लागि कहाँ बस्न सक्छु र ? परदेशी भएर होला दुई चार दिन पछि ऊ आपैm बाटो लाग्नेछु ।
भनिन्छ, ईश्वरको लीला अपरम्पार छ । यहाँ असंख्य मान्छेहरू बिलाई सकेको छ । लेखाजोखा विना आज र भोलि भन्दा भन्दैं कुन दिन आफ्नो पनि पालो आउने हो । कति सखादीहरू बिलाई सके, कति नाता कुतम्बहरू ओइलाई सके । यो अनौठो संसारमा हामीले देख्दा देख्दै तिनीहरू कहाँ बिलाए होला ? अलिकता आयुको साधना गर्न नपुगेर हो कि ? अलिकता अग्निसँग क्रोध देखाउँन नसकेर हो कि ? यो आत्माले के खोजिरहेछ ? आफ्नै आत्मालाई सोध्न नसकेर हामी सधैं रनभूल्लमा परिरहेछौं । त्यसैले हामी–हामीमा दया र माया गर्नु पर्नेरहेछ । यो अदृश्य संसारमा सबैले सबैलाई दुःखमोचनको काम गर्नुपर्ने रहेछ । धन र सम्पति मान्छेको छाँया होइन । यो त यात्रीको सामल मात्र हो । औंसी र पूर्णिमा जस्तै मान्छेले आ–आफ्नो कर्मको फल भोग्नु पर्नेरहेछ ।
यो कठिन संसारमा बुझ्दै जाँदा अझ कठिन हुन्दोरहेछ । प्राणीहरूको जन्म र मृत्यु एकनाश निरन्तर बगिरहने खोला जस्तो किन भैरहेछ ? कतै रोकिदिए पो हुन्छ की ? कतैं बिर्सिदिए पो हुन्छ की ? खैं केही नभएर मान्छेहरू पलाउँने र बिलाउँने काम किन निरन्तर चलिरहेछ ?
एकान्त, मानवहरू कसरी यसोरी
स्वार्थान्ध लम्पट भए भन क्यैं नढाँटी
हाम्रो ग¥यौं घर कहाँ, म कहाँ कहाँ यो
मेरा सखदि सब लौन कहाँ बिलाए ?
संसारको रीतै यस्तो छ । न कसैले रोक्न सक्छ न कसैले छेक्न सक्छ । समयको कडीसँगैं आ–आफ्नो धर्म निभाएर एकछिन पनि यताउता हलचल नगरी निरन्तर आ–आफ्नो कर्म गरिरहेको हुन्छ । दिनले रातलाई बोलाए जस्तै रातले दिनलाई पर्खे जस्तै, यो सुख र दुःखको काहानीलाई प्रत्येक प्राणीहरूले आत्मासाथ गरेर जीउनु पर्छ । यो कस्तो जीवन ? कर्कलाको पानी जस्तो कतै पोखिने पो हो कि भनी सधैं डराएर हिँड्नु पर्ने ? अनिश्चित छ, निश्चितले कहिले पनि जित्न नसक्ने ? जो स्थिर छ, उसले कहिले पनि प्रगति गर्न नसक्ने ? त्यसैले यो गतिशील संसारमा सबै नाशवान छ । आज र भोलिले अखण्डलाई पनि खण्ड–खण्ड गरी टुक्राउँन सक्छ । बालुवा जस्तो कण कण बनेर पनि कहिले काहिँ पत्रे चट्टान बन्दोरहेछ । त्यसैले कामको भारी हुनु स्वभाविकै हो । एउटा बस्तुको नाशले अर्को बस्तुको सृष्टि गर्नु छ । आश्चर्य छ, मान्छे किन स्वार्थमा डुबिरहेछ ? थाहा भएर पनि मृत्युलाई किन ढाँटिरहेछ ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई भन्न मन लाग्यो । चिन्ता लिएर के गर्नु ? मान्छेले आफ्नो आत्माले बोल्न सक्नु पर्छ । एउटा मन चोखो भएर के गर्नु ? तिम्रैं जस्तो सबैको मन चोखो हुनुपर्छ ।
प्रकासित मिति २०७७–११–२
फेसबुकबाट तपाईको प्रतिक्रिया