एकैदिन दुई हजार दुई सयले घट्यो सुन

काठमाडौं १६ फागुन, २०८१ । नेपाली बजारमा केही दिनदेखि निरन्तर घटेको सु्नको भाउ आज पनि घटेको छ । आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । हिजो तोलामा एक लाख ७० हजार तीन सय रुपैया रहेको सुनको भाउमा आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँमा कायम रहेको छ । फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७१ हजार तीन सय रुपैयाँ पुगेको थियो । तीन दिनदेखि सुनको भाउ निरन्तर घटिरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ र्।

फेसबुकबाट तपाईको प्रतिक्रिया