एनआइबिएल प्रगति फन्डको ६० करोडको इकाइ बिक्री खुला

िवजनेसपाटी १६ मंिसर ।
सर्वसाधारणका लागि एनआइबिएल क्यापिटल मार्केटले ६० करोड रुपैयाँ बराबरको इकाईहरु बिक्री खुला गरेको छ । एनआईबिएल क्यापिटलले सेयर बजारमै लगानी गर्ने उदेश्य सहित दोस्रो योजना एनआइबिएल प्रगति फन्ड सार्वजनिक गरेको हो । जाे नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनीका रुपमा रहेको छ ।
कम्पनीले १० रुपैयाँ दरका ६ करोड इकाई निष्कासन गरेको हो । जसमा न्युनतम १ सय इकाई देखि अधिकतम ६० लाख इकाईसम्म आवेदन गर्न सकिने कम्पनीद्वारा जारी सुचनामा उल्लेख छ । प्रगतिको फन्डमा आवदेखि मंसिर २० गतेसम्म आवेदन दिन सकिने छ । साथै आवेदन हेरी ढिलोमा मंसिर ३० गतेसम्म आवेदन भर्न सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्केट्स रहेको छ ।

६ करोड इकाइमध्ये १० लाख इकाई िबउ पूँजी वापत योजना व्यवस्थापक एनआइबिएल क्यापिटल र ८० लाख इकाई कोष प्रवद्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई ८० लाख इकाइ छुट्याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया