एनआइसी एसिया बैंकलाई हकप्रद निष्काशनको अनुमति

बिजनेसपाटी २४ फागुन

एनआइसी एसिया बैंकले फागुन २४ मा १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। एनआइसी एसिया बैंकले १०० बराबर १५ कित्ता सेयर अर्थात १५ प्रतिशत हकप्रद बिक्रि गर्नका लागि बोर्डमा आबेदन दिएको थियो।  गत असोज १८ मा बसेको बैंकको बार्षिक साधारणसभाले १५ प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको हो।

साथै सोहि बैठकले गत आर्थिक बर्षको कमाईबाट २६ प्रतिशत बोनस सेयर दिने प्रस्ताब पारित गरेको छ।  बैंकको बोनस सेयर बितरणपछि चुक्ता पुंजी ५ अर्ब ८२ करोड रुपैयाँ पुग्ने छ।  हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ।  बैंकको सेयर बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया