एनआइसी बैंकको बचतको ब्याज दर ८ प्रतिशत, खाता खोल्दा डेविट कार्ड फ्रि

बिजनेसपाटी ४ बैशाख
एनआईसी एशिया बैंकले बचत खाताको ब्याजदर ८ प्रतिशत पुर्याएको छ। यो ब्याजदर अन्य वाणिज्य बैंकहरुको भन्दा बढी वढि हो । समुन्नती नामक नयाँ बचत खाता सार्वजानिक गर्दै बैंकले सो खातामा ८ प्रतिशत व्याज दिएको हो । शुन्य मौज्दातमा यो खाता खोल्न सकिने जनाइएको छ ।
एनआइसीले बचत खाता खोल्नेलाई निशुल्क डेबिट कार्ड र एसएमएस तथा इन्टरनेट बैंकिङ दिनेछ । बैंकले ५ लाख रुपैयाँसम्म अन्तर बैक कारोबार सुविधा समेत दिने भएको छ । क्रेडिट कार्ड पनि छुटमा उपलब्ध गराउने बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया