एनआईबिएल सहभागिता फण्डको आकार बृद्धि भई रु. २ अर्ब कायम

काठमाण्डौ ०६ माघ २०७९-नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को १० करोड इकाईसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु. १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरी सकिएको सन्दर्भमा थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृतप्राप्त भए संगै यो जनाको आकार बृद्धि भई रु. २ अर्ब कायम भएको छ ।


नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाइर्ल धनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ जस अन्र्तगत संञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ ।जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ । यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना तथा लाभांष पुनः लगानी योजना मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् । नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ बर्ष अघि यस योजना रु.२० करोडको आकारमा संञ्चालनमा आएको थियो त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिकोउच्च आकर्षणका कारणले हाल रु. १ अर्ब भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया