एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबिच सम्झौता
बिजनेसपाटी १० फागुन ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११,५०,००० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडंलाई नियुक्त गरेको छ । बिहिवार कार्यकारी अधिकृत झनकराज ढुङ्गेल र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
निष्काशन तथा विक्रीप्रबन्धकसँगैै एनआईसी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एनआईसी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया