एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा
बिजनेसपाटी १२ असार ।
एनआईसी एशिया बैंकले नयाँ शाखा कचनकवल गाउँपालिका, वडा नं ६, बनियानी, झापामा स्थापना गरेको कचनकवल शाखाको असार ११ गते एक समारोहका बिच प्रदेश नं १ का सांसद बसन्त कुमार बानिया र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमबाट विधिवत् समुद्घाटन भएको छ ।
मुलुकभर २२४ शाखा कार्यालयहरु, २१७ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १७४ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४९ अर्ब पुगि निजिक्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया