एनआईसी एशिया बैंकको नयाँ शाखा दाङ्गको सिसहनियामा

बिजनेसपाटी २६ असार ।
एनआईसी एशिया बैंकको राप्ती गा.पा.वडा नं ५, दाङ्गमा स्थापित सिसहनिया शाखाको सोमबार एक समारोहका बीच राप्ती गाँउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीबाट समुद्घाटन भएको छ । मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन एनआइसी एसिया सफल भएको छ । बैंकको वासलातको आकार रू.१७६अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया