एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा रकम भुक्तानी


कठमाण्डौ ८ फागुन २०७८ ।
एन आई सी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । जसअनुसार यस बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना अन्तर्गतको ‘डायमण्ड श्रेणी’ को खाता खोल्नु भएको भिमसेनगोला, काठमाडौं निवासी ३६ वर्षीय श्री श्याम प्रसाद पन्तज्यूलाई घातक रोगको उपचार बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरिएको हो ।
निजलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यूले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । निज खातावालालाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको छ । यस बैंकको बीमा सहितको बचत खाताअन्तर्गत हालसम्म देशभरका ७०० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापत रू. ४ करोड ३० लाख भन्दा बढी रकम प्राप्त गरिसक्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया