एनआईसी एशियाको ऋणपत्र निष्कासनका लागि बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट
बिजनेसपाटी २५ जेष्ठ ।
एनआईसी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका १८,३०,००० कित्ताले हुन आउने रु.१ अर्ब ८३ करोड रुपंैयाँ बराबरको “११५ एनआईसी एशिया ऋणपत्र २०८२÷८३” निष्काशनको निमित्त बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । यस अगाडि बैंकले जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । सो नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।
उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । रु.१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (१ अर्ब ४६ करोड ४० लाख) व्यक्तिगत र २० प्रतिशत (३६ करोड ६० लाख) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला हुनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याजदरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया