एनआईसी एसिया क्यापिटलले ल्याउने भयो एक अर्बको म्युचअल फण्ड

बिजनेसपाटी २७ असार

एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको सामुहिक लगानी कोषको ईकाई विक्रीमा ल्याउन धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

क्यापिटलले सात बर्षे बन्दमुखी एनआईसी एसिया क्यापिटल ग्रोथ फंड (सामुहिक लगानीकोष) ल्याउने भएको हो । जसका लागि  संपूर्ण प्रक्रिया पुरा गरि धितोपत्र बोर्डमा प्रस्ताव पेस गरेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धकसंगै लगानी व्यवस्थापन,लगानी परामर्श सेवा, निक्षेप सदस्य (डीपी) सेवा,  प्रदान गर्दै आइरहेको छ । हालै क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन शुल्क पूर्ण रुमा नलाग्ने व्यवस्था गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया