एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ बाँडफाँड
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_675,h_450/https://businesspati.com/wp-content/uploads/2020/08/nrna-ipo...jpg)
काठमाडौं –२७ साउन २०७७।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आज मंगलबार बिक्री प्रबन्धक सानिमा क्यापिटललले कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।
साउन १६ गतेबाट कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३ लाख ६० हजार ४६ कित्ता साधारण सेयर आईपीओ बिक्री खुला गरेको थियो । त्यसमा एक लाख ६५ हजार ५०२ कित्ता सामूहिक लगानी कोष र ६७ हजार ९६१ कित्ता कर्मचारीको लागि सुरक्षित गरेको थियो ।
तीन लाख २० हजार ६१४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले कम्पनीको सेयर प्राप्त गरेको छन् । सानिमा क्यापिटले कर्मचारीलाई छुट्याएर आवेदन नपरेको ४५ हजार ९५७ कित्ता र सर्वसाधारणबाट आवेदन माग गरेको ३१ लाख ६० हजार १८३ कित्ता गरी ३२ लाख हजार १४० कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड गरेको बताएको छ ।
आईपीओमा कुल ४ लाख १८ हजार ९१८ आवेदकले आवेदन दिएका थिए । जसमध्ये ९६० वटा आवेदन रद्द भएको थियो । त्यसैगरी ४ लाख १७ हजार ९५८ आवेदन सदर भएको थियो । सदर भएको आवेदनमध्ये ३ लाख २० हजार ६१४ जना आवेदकलाई गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया