एनआर्इसी एशिया बैंक पुग्यो बाजुराको मार्तडीमा

बिजनेसपाटी २६ श्रावण  ।

बाजुराको सदरमुकाम मार्तडीमा एनआईसी एशिया बैंकले नया शाखा खोलेको छ । बैंकले युके एडकोसँगको सहकार्यमा  बाजुरा शाखा संचालनमा ल्याएको हो ।

बुधवार राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलको आतिथ्यतामा बैंक र युके एडकोबीच शाखा संचालन सम्वन्धी सम्झौंतामा  हस्ताक्षर भएको हो । आइतबारदेखि संचालनमा आएको शाखामा १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भइसकेको छ भने ३ सय २० वटा निक्षेप खाता खोलिएको छ । विकट जिल्लामा निजी लगानीको बैंकले बैंकिङ सेवा पुर्याएकोमा खुशी व्यक्त गर्दै यसले वित्तीय पहुँच विस्तारमा सहयोग पुग्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । बैंकले सक्षमको सहयोगमा मार्तडीमा यो शाखासहित थप ३ वटा शाखारहित बैंकिङ सेवा स्थापना भएको छ । बैंकले सन् २०२०सम्म ३ सय भन्दा बढी शाखा, १ हजार भन्दा बढी एटीएम र १ हजार भन्दा बढी शाखारहित बैंकिङ सेवा संचालनमा ल्याउने प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बताए । ‘साथी सँगै सक्षम बन्दै’ नाराका साथ अघि बढेको बैंकले कृषि, लघुउद्यम, कृषि औजार, विपन्न बर्ग कर्जाजस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आएको रिसालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया