एनएमबि बैंकको १५ प्रतिशत बोनश शेयर पारित, चुक्ता पूँजी ८ अर्ब नाघ्ने

काठमाडौं १ भाद्र ।
एनएमबि बैंकले १५ प्रतिशत बोनश शेयर दिने भएको छ । यो बोनश शेयरपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड पुग्ने भएको छ।

विहिबार भएको बैंकको २२औं वार्षिक साधारणसभाबाट बोनश शेयर पारित गरेको हो। बैंक अध्यक्ष पवन गोल्यानको अध्यक्षतामा भएको साधारणसभाले आर्थिक वर्ष २०७३ ०७४को वितरण योग्य मुनाफाबाट शेयरधनीलार्इ चुक्ता पूँजीको १५ प्रतिशत दिने प्रस्ताव र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया