बिजनेसपाटी ८ कार्तिक
नेकपा (एमाले) बाराको अध्यक्षमा सुन्दर विश्वकर्मा विजयी भएका छन् । आइतबार सम्पन्न भएको मतगणनामा २ सय २३ मत प्राप्त गरी विश्वकर्मा विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी रवीन्द्र दासले १ सय ५८ मत प्राप्त गरेका थिए यसैगरी उपाध्यक्षमा देवनारायण चौधरीले २ सय १७ मत, सचिवमा एम. समिकल्लाहले १ सय ७६ मत र सहसचिवमा राजेन्द्र कलवारले १ सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।
७१ सदस्यीय जिल्ला कार्यसमितिका लागि भएको मतदानमा १ सय ४८ जनाले उम्मेदवारी दिएका थिए । ४ सय २ मतदाता रहेको सो निर्वाचनमा ३ हजार ८४ ले मतदान गरेका थिए । मतदान कार्यक्रम यही कात्तिक ६ गते सम्पन्न भएको थियो । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया