एमाले वारा जिल्ला अधिवेशनको मिति सर्यो
मनिता पाण्डे
वारा, भाद्र २३ । नेकपा एमाले वाराको भाद्र २९-३०मा हुने भनिएको नवौँ जिल्ला अधिवेशनको मिति सरेको छ । जिल्ला कमिटि बाराको भाद्र २२ गते बसेको १९ औं पूर्ण वैठकले अधिवेशन आश्विन १२-१३ गते सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले पार्टीको नवौँ जिल्ला अधिवेशन आगामी आश्विनको दोस्रो साताभित्र गरि सक्ने निर्णय भएको नेकपा एमाले वारा सचिवालय कमिटि सदस्य नारायण प्रसाद गौतमले जानकारी दिए ।
अधिवेशनको आवश्यक तयारी तत्काल शुरु हुने र प्रतिनिधि चयनका लागि अाश्विन ८ गते दिनको ठिक ११:०० बजेदेखि ३:०० बजेसम्म जिल्ला भरमै एकैदिन एकै समयमा अधिवेशन प्रतिनिधि चयन गरिनुका साथै जिल्लाका सबै नगर वडा,गाविस र उद्योग प्रतिष्ठानलाई निर्वाचन इकाई तय गरिएको जानकारी गौतमले विजनेसपाटीलाई गराउनुभयो। अधिवेशनलाई अझै सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि प्रमुख आतिथ्यमा नेकपा एमाले पार्टी अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री केपी ओली तथा महासचिव ईश्वर पोख्रेल र स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न गर्ने निर्णय गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया