एशियन लाईफ इन्स्योरेन्सको धादिङ शाखा उद्घाटन
काठमाण्डौ १२ कार्तिक २०७८ ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङ जिल्लाको धादिङबेसीमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४३ औं शाखाको रुपमा कार्तिक ११ गतेदेखि संचालनमा ल्याएको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गर्दै बीमितको दरदैलोसम्म सहजरुपमा जीवन बीमा सेवा पु¥याउने रणनीति अनुरुप कम्पनीले शाखा संजाल बिस्तार गरिरहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, सहायक महाप्रबन्धक श्री लोकराज जोशी, क्लष्टर प्रमुख श्री धु्रवराज लामिछाने, धादिङ शाखा प्रबन्धक प्रकाश ढुंगानाको साथै जीवन बीमा अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो । यस कम्पनीकोकूल ४३ वटा शाखा र १०५ वटा उपशाखा संचालनमा रहेका छन्।
आ.व. २०७८।७९ को असोज मसान्तसम्ममा यस कम्पनीको जीवन बीमा कोष करिब रु.२७ अर्ब ७५ करोड रहेको छ । यस कम्पनीले आ.व.२०७८।७९ को असोज मसान्तसम्ममा रु.१ अर्ब ५९ करोड ६३ लाख रुपैयाँकूल बीमाशुल्क संकलन गरेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया