एसबिआईको एफपिओमा झण्डै ७३ गुणा बढी आवेदन

काठमाडाैं १९ पौष

गत सोमबार देखी  एसबिआई बैंकले जारी गरेको ६७ हजार ७ सय ६८ कित्ता एफपिओमा ७२.९४ गुणा बढी आवेदन परेको छ। बैंकले ९ सय ७१ रुपैयाँमा (८ सय ७१ प्रिमियम मूल्य) एफपिओ जारी गरेको थियो।

६ करोड ५८ लाख रुपैयाँ बराबरको एफपिओ आवेदन माग गरिएकोमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको आबेदन परेको एसबिआई बैंकको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेले जानकारी दिए। ३ अर्ब ८८ करोड ३७ लाख चुक्ता पूँजी रहेको एसबिआईको एफपिओ सूचीकरणपछि ३ अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया