ओबामालाइ आफ्नै कान्छी छोरीले गिज्याएपछि….

वासिङटन ११ कार्तिक ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नी कान्छी छोरीले ‘स्न्यापच्याट’ मा आफूलाई गिज्याएको खुलासा गरेका छन् ।

कान्छी छोरी सासाले एक पारिवारिक रात्रिभोजका क्रममा सामाजिक सञ्जालबारे भइरहेको कुराकानी रेकर्ड गरेको र त्यसबारे आफ्ना साथीहरुसँग सुटुक्क प्रतिक्रिया पोष्ट गरेको ओबामाले बताए । राष्ट्रपतिले आफ्ना १५ वर्षीया छोरीको अनलाइन गतिविधिबारे बताएको यो पहिलो पटक होइन । गत जुलाईमा सासाले टीटसमेत गर्ने एव्र थुप्रै सञ्चारमाध्यमले उनको एकाउन्ट पत्ता लगाउन कोसिससमेत गरेको उनले बताए ।

उनको एकाउन्ट अहिलेसम्म रहस्यकै विषय छ । सासाको स्न्यापच्याद पोस्ट के थियो भन्ने चाहि अझै सार्वजनिक भइसकेको छैन । ‘स्न्यापच्याटका सन्देशहरु लासमो समय रहँदैनन् ।’ ओबामाले सोमबार जिमी किमेल लाइभ शो मा सहभागी हुँदै उक्त कुरा बताएका हुन् ।

‘सासाले मलाइ स्न्यापच्याट कसरी चलाउने भनेर सिकाउछिन्’ उनले भने ‘एक साँझ डिनरका बेला हामी गफ गरिरहेथ्यौं । मैले केही पढेथें कि स्न्यापच्याट छोरहिरुको उमेर समूहमा खुबै चर्चित भइरहेको छ ।’ त्यसैले त्यसबारे बताउन भनें ओबामाले थपे । विविसीलाइ उद्घृत गर्दै आजको कान्तिपुर दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया