ओलीको अयोध्याबारे बोलीः बेमौसमको बाजा

– नन्दलाल खरेल
‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेभैm सिंहदरवारमा विराजमान प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्मभूमी अध्यादेशबारे अभिव्यक्ति बेमौसमको बाजा भएको छ । प्रधानमन्त्रीले एउटा एउटा जयन्तिको अवसरमा पारेर दिइएको अभिव्यक्तिले उनको आफ्नो राजनीतिक जिवनलाई नै तरङ्गित एवम् धराप बनाएको छ । केहि समय पहिले मदन स्मृति जयन्तिमा पनि आफ्नो सहकर्मी नेता तथा भारतलाई जोड्दै आफ्नो सरकार संकटमा परेको अभिव्यक्ति दिएका थिए भने अहिले भानु जयन्तिको अवसरमा ओलीले राम र अयोध्याबारे अप्रमाणित कुरा बोलिदिए । भारतको अयोध्याबारे अस्तित्वमाथि प्रश्न उठाइदिए । अयोध्या नेपालको विरगन्जको ठोरीमै पर्छ भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्तिले नेपाल र भारतको सांस्कृतकि, धार्मिक सम्बन्धको पुरानो मान्यतालाई नै विवादित बनाइदिएको छ ।
केपी शर्मा ओली शक्तिशाली कम्युनिष्ट पार्टीका अध्यक्ष हुन् । त्यतिमात्र होइन उनी यो देशको कार्यकारिणी सर्वोच्च पदका प्रधानमन्त्री पनि हुन् । किन उनको बोली पटक पटक विवादमा पर्छ ? के उनको बोलीलाई पार्टीको सिद्धान्त, नीति र पद्धतिले लगाम लगाउन सकिदैन ? के देशको कूटनितिक मर्यादाको पालना प्रधानमन्त्रीले पालना गर्नु पर्दैन ? किन नेकपाका धरै नेता तथा कार्यकर्ता उनको सम्पूर्ण बोलीलाई हो मा हो गरी भक्तिभाव देखाइरहेका छन् ? के प्रधानमन्त्रीले बोल्दैन इतिहास पल्टीन्छ ? के अहिलेको समय राम र सिता कसका हुन भनेर खोजी गर्ने समय हो कि गुमेको जमिन फिर्ता गर्ने कुटनीतिक पहल गर्नु पर्ने हो छिमेकीसँग ? यी सबै प्रश्नमा नेकपाका नेताहरु कार्यकर्ताहरु र आम सर्वसाधारणले समेत घोत्लीनु पर्ने आवश्यकता छ ।
प्रधानमन्त्रीको रामको जन्मभूमि अयोध्याको विषयलाई लिएर विपक्षी दल मात्रै होइन नेकपा भित्रकै थुप्रै नेताहरुले समेत आपत्ती जनाएका छन् । त्यतिमात्रै होइन सामाजिक संजाल लगायत विभिन्न बौद्धिक व्यक्तिहरुले समेत ओलीको बोलीमा आलोचना गरेका छन् । नेकपाका उपाध्यक्ष बामदेव गौतमले फेसबुक पेज मार्पmत रामको जन्मभुमि अयोध्या नेपालमा पर्ने प्रधानमन्त्रीको मन्तव्यले अन्तरराष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै फिर्ता लिएर आत्माआलोचना गर्नु पर्ने बताएका छन् । त्यस्तै गरेर नेकपाको प्रवक्ता नारायण काजी श्रेष्ठले लगातार तीन ट्विट गर्दै असन्तुष्टि जनाएका छन् । ‘नेपालका राजनीतिक पार्टी, नेता र नेपालीहरुको अपमान र अवमूल्यन नगरौं । आलोचनात्मक चेत विना, तथ्य नहेरी, तत्कालिन क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्यागौं । यसले समाज र राष्ट्रलाई राम्रो गर्दैन । नयाँ युवा पुस्तालाई हामी के सिकाउँदै छौ ? देशभक्त र विवेकी बनौं’ भनी श्रेष्ठले पछिल्लो ट्विटमा उल्लेख गरेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भनेका छन्, ‘प्रधानमन्त्रीका बोलीले सिमा नाघ्दै छ । ‘सिंहभेव जयते’ र बेसार–पुराणदेखी अयोध्या पुराणसम्म आउदा उहाँको चिन्तन प्रणाली स्वस्थ देखिन्न । संसद स्थगत गरेर अध्यादेश÷ संकटकालको खड्गसमेत उहाँको हातमा छ । अव उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ । उपचार खोजौं ।’ प्रमुख प्रतिपक्षी काँग्रेसले नयाँ नक्सा अनुसारको अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नु पर्नेमा ध्यान अन्यन्त्र मोड्न यस्तो फन्डा अघि सारेको टिप्पणी गरेको छ । काँग्रेसका नेता शेखर कोइरालाले भनेका छन् ‘धर्म र आस्थालाई राजनीतिक र कूटनीतिको हतियार बनाएर प्रधानमन्त्री ओलीले सत्ताको मलजल गर्न खोजेको टिप्पणी गरेका छन् । यस्तै गरेर इतिहासविद् दिनेश राज पन्त भन्छन्, ‘विद्या र ज्ञानको कुरा दावी भन्ने हुदैन, प्रधानमन्त्रीले बोल्दैमा प्रमाणिक हुने कुरा भएन, अयोध्याबारे प्रधानमन्त्रीले बोलेका कुरा प्रमाणित होइन ।’ यसरी प्रधानमन्त्रीले बोलेको विषयलाई चौतर्फी विरोध भएको छ । तै पनि प्रधानमन्त्रीलाई अत्मग्लानी भए जस्तो देखिदैन । प्रधानमन्त्रीले यसरी बोल्नु देशकै लज्जाको विषय हो ।
चौतर्फी रुपमा आलोचना भएपछि प्रधानमन्त्रीले आफ्नो लाज ढाक्न परराष्ट्र मन्त्रालयलाई विज्ञप्ति निकाल्न आदेश दिएका छन् । असार ३० गते परराष्ट्रले तीनबुँदे विज्ञप्ति निकाल्दै ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग र कसैको भावनामा ठेस पु¥याउने आशयमा व्यक्त नभएको’ जनाएको छ । ‘श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न किंवदन्ती र सन्दर्भहरु रहेको पाइन्छ । प्रधानमन्त्रीले यो क्षेत्रको गहन सांस्कृतिक भूगोलको अध्ययन अनुसन्धानले श्रीराम, रामायण र यहाँ जोडिएको धनी सभ्यता बारेमा तथ्यहरु पहिल्याउन सकिने बारे बताउनु भएको थियो’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्ति अयोध्याको विशेषता र सांस्कृतिक महत्वलाई अवमूल्यन गर्नका लागि नभएको समेत उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओली कम्युनिष्ट नेता हुन् । कम्युनिष्टहरुले जहिल्यै पनि अन्तराष्ट्रियवादी र द्वन्दात्मक भौतीकवादी दर्शनमा आधारित सिद्धान्त लिएको हुन्छ । तर उनले पटक पटक नेपालीको मन जित्न राष्ट्रवादको कार्ड अगाडी सारी रहेको छन् । त्यो कार्ड पनि अव मक्काउन थालेपछि नेपालीहरुको धार्मिक मनोविज्ञानमा खेल्ने यो उनको नयाँ कार्ड हो । तर यो कार्डलाई २१ औं शताब्दीका नेपालीहरुले सजिलै पचाउने देखिएन । अव प्रधानमन्त्रीका देखाउने कार्डहरु सकिए होलान् भन्ने लाग्छ यो पङ्तिकारलाई ।
अन्त्यमा गोपाल देवकोटा सापटी शब्दलाई लिई भन्नु पर्दा बलियो र भरपर्दो प्रमाण नभएसम्म प्रधानमन्त्री जस्तो व्यक्तिले जथाभावी बोल्दा उनको मात्र होइन पदकै गरिमा घट्छ । अयोध्या नेपालमै छ भन्ने टिप्पणीले प्रधानमन्त्री ओलीलाई हल्का बनाएको छ । के हामी राम नेपालको हो भनेर ठोस प्रमाण दिन सक्छौं ? सके निकै राम्रो तर सकिएन भने दुई देशको सम्बन्ध बिग्रिन्छ । गौतमबुद्ध भारतमा जन्मेको भन्ने भारतीय दावीलाई जवाफ दिन प्रधानमन्त्री ओलीले राम नेपाली हुन् भनेका होलन् । अर्काले गरेको गल्ती दोहो¥याउनु हुन्न । अपुष्ट र अप्रमाणिक कुरामा कार्यकारी प्रमुख अगाडि सर्नु गम्भीर गल्ती हो । भर्खर भर्खर नक्सा प्रकरणले बिग्रेको दुई देशको सम्बन्धलाई टाढा पु¥याउन यो घटनाले थप बल पु¥याएको छ । प्रधानमन्त्री ओलीले भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियम विपरित बाँध बनाएर तराईको १९ जिल्लाका ३० लाख जनतालाई डुब्न बाध्य पारियो भनेका भए जनताको मन जित्ने थिए । नयाँ नक्सा जारी गर्नु र गोदी मिडियाको अतिक्रमण रोक्नु सार्थक काम भए पनि अयोध्या प्रकरणले हामीलाई लज्जित बनाएको छ । प्रधानमन्त्री ओलीले आफ्नो बोली फिर्ता लिनु बुद्धिमानी हुन्छ । धर्मको आडमा पहिले राजा महाराजहरुले सत्ता शासन सत्ता गरे भैंm कम्युनिष्ट प्रधानमन्त्रीलाई सुहाउँदैन । प्रधानमन्त्रीले यस कुरामा ध्यान दिन जरुरी छ ।

प्रकासित मिति २०७७–४–१

फेसबुकबाट तपाईको प्रतिक्रिया