ओलीसँग बामदेव पनि असन्तुष्ट

काठमाडौं १३ जेष्ठ –

पार्टी अध्यक्ष ओलीसँग केही समयदेखि असन्तुष्ट भएका उपाध्यक्ष वामदेव गौतम पक्षका केही नेतासमेत नेपाल खनाल पक्षको भेलामा सहभागी भएका थिए ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कुनै बेला ओलीलाई काँधमा हालेर साथ दिने गौतम ओलीको शैलीप्रति असन्तुष्ट भएका छन् । गौतमले विगतमा ओलीले आफूसँग भएको भद्र सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यसअघि नेपाल खनाल पक्षको कुनै पनि समूह भेलामा सहभागी नभएका गौतम पक्षीय केही नेता मंगलबार र बुधबारको भेलामा सहभागी थिए ।यसरी सहभागी हुने गौतम पक्षीय नेतामा केशवलाल श्रेष्ठ, उदयराज पायडे, उमा कोइराला, बाबुराम थापा, लक्ष्मी ज्ञवाली, शिव गुरुङलगायतका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया