कता जादैछ नेपाली पत्रकारिता क्षेत्र ?
राजु बस्याल
सरकारको चौथो अंगको रुपमा रहेको पत्रकारीताले उठाएका विषयहरु वैधानिक नै हुन्छन् । पत्रकारहरुले उठाइएका विषयवस्तुहरु समाजको चासो र चर्चाको विषय हुनेहुदा त्यसैको वैधानीकता प्राप्त गर्नुपर्दछ । अझ पत्रकारिताको उत्कृष्ट भाषासैली र विश्लेषणले समाचार वा विचार अभिव्याक्तीको वैधानीकतालाई प्रष्ट्याछ । पत्रकारीताको वैधानीकता नै उसले समेट्न सकेको विषय हो वा पत्रकारीताले के केलाइ प्रमुखताका साथ महत्व दिन्छ , त्यो नै वैधानीकता भित्र पर्न जान्छ । पत्रकारीताले जुन वृत्तमा रहेर सामाजीक प्रवृत्तीको विश्लेषण गर्दछ । त्यो वास्तवमा समाजको वैधानीकता वन्न जान्छ । मानिशले जुन सोच र विचारकाका साथ कार्य गरे तापनि यदि सञ्चार माध्यम वा पत्रकारीतामा महत्व पाउन सकेनन् भने ओझेलमा पर्न जान्छन् । त्यसैले आजको दुनिया पत्रकारीतामा अडेको छ । पत्रकारीतामा जुन खाले संस्कृतीले मान्यता पाउछ, जुन समाज वास्तवमा त्यसै दिशातर्फ उन्मुख हुन्छ । यसरी पत्रकारीताले समसामयीक घटना र परिघटना भित्र रहि महत्व दिदा त्यतीकै मात्रामा घटनाभित्र लुकेका तथ्यहरुलाई छर्लङ पार्न छुटाउनु हुदैन । यस अर्थमा मिडिया क्षेत्र हल्लाको पछि मात्रै लाग्नु हुदैन वास्तवीकता पनि नियाल्ने चेस्था हुनुपर्छ । वास्तवीकतालई वाहिर नियाल्ने वातावरणमा त्यतीकै तल्लन रहन स्वच्छ र पारदर्शीमा आधारीत रहेर कलम चलाउनु त्यतीकै चुनौती र त्यतीकै जटिल विषय पनि हो । त्यहि चुनौतीका वावजुत जसले आइपर्ने चुनौतीका वावजुत पत्रकारीतालाई एउटा स्वच्छताको नजरवाट नियाल्ने प्रवृत्तीलाई हास हुन नदिनका लागि जुन महत्वपुर्ण भुमीका खेल्छ त्यो नै महत्वपुर्ण विषय हो ।
नेपालको सामाजकि वा राजनैतीक क्षेत्र वा नेपालको समग्र पद्धतीमा जसरी सतहीमुखी हुदा त्यसले समर्ग क्षेत्रकाृ संरचना लाई नकारात्मक असर पारेको तथ्यलाई हामीले नकार्न हुदैन जस्तो नेपाली राजनीतीमा विभिन्न राजनैतिक दलका गुट र उपगुटले चर्चा पाइरहदा समर्ग परिपाटिलै अनन्त संगठनको साघुरो दायरा किन व्यापक हुन सकेन संगठनका गतीविधिको संरचना यस्तै हुन्छ भन्ने विषले मान्यता पाउन सकेको भए कुनै पनि राजनीतीक पाटिहरुमा गुटवन्दीहरुको हावीलाई न्युन भई पारदर्शी वा पद्धतीको ह्रास आउनवाट रोकीने थिय होलान् । तर पछिल्लो समयमा जुन गुट र उपगुटले पत्रकारीतामा महत्वपूर्ण स्थान समेट्यो त्यो वास्तवमा नै पद्धतीवीहीन प्रणालीलाई मान्यता दिनु हो । त्यस्तै देशमा व्यक्त भष्टचार अपराध लगायत कु शासनका प्रवृक्ति वढिरहदा लथालिङ सामाजीक संरचना वनिरहदा वर्षैदेखी हुन नसकेको स्थानीय निवाएर्चनको आवस्यकता अपरिहार्यताका विषयहरु हुन सकेनन् ।
त्यस्तै रोजगारका सवालमा स्वचछ र नैतीकता मानीने नेपालको निजामती प्रशासन भित्र रहेर सरकारी कार्यालयहमा लोकसेवा आयोगको सिफारीसमा सामन्य प्रशासन मन्त्रालयवाट नियुक्त हुने कर्मचारीहरु रहने कार्यालयमा त्यसभित्रको आन्तरीक रुपमा करारमा विगत १६ वर्षदेखी सेवा करारको उपयुक्तता तिनीहरु सामाजीक जीवनमा परेको के कस्तो अवस्थामा छन् र तिनीहरुलाई व्यवस्थापनको उपाय के हुनसक्छ । ति चर्चाको विषय हुन सकेका छैनन् के उनीहरु सरकारको सरल तरिकाको रोजगारी प्रदानको वोकामात्रै वन्ने वा अराजक गतिवीधीमा संलग्नको रुपमा नाम कमाएका निजामती कर्मचारीका संघ संगठनको राजनीतीक धरातलताको वीउ मात्रै वन्ने । वा निजामतीमा राजनैतीक अधिकार होस् वा अन्य सामाजीक हक र अधिकारका रुपमा वा सेवा सुविधाका रुपमा उच्च स्थान दिने तर सोहि कार्यालयमा करारमा कार्यरत कर्मचारीलाई कम ज्यावाला वा सेवा सुविधामा कार्य लगाउने प्रवृती वनिरहदा के नेपालमा कुलीन वर्ग र पोषित वर्गको रुपमा चित्रण गरी किन महत्वका साथ विषय उठान गर्न हिचकीचाउने ।
त्यस्तै केपीओलीको प्रवल राष्ट्रियतासंग सप्तरीको घटनावीचको तुलना गरीरहदा नेपालका शासक र तराईका राजनीतिक दलहरु भारतपरस्त रहेर गर्ने शासनले अन्नत तराईका भारतसंगको सीमाना जोडियका सीमाका वासीन्दाहरुविचको अविश्वासले नेपाल र भारतको त्यस्तो अविश्वासको राजनीति कहिलेसम्म रहने । नेपालको शासन प्रणालीमा अपमनाईएको संसदीय व्यवस्थाले केवल कसैले पनि स्पष्ट वहुमत नआईरहदा र देशमा विभीन्न क्षेत्रीय र जातीय राजनीति हावी भइरहदा किन थ्रेस होल्ड सहितको राजनीतिक दलीय पद्धती वा प्रत्यक्ष निर्वाचीत कार्यकारीणी प्रमुखको व्यवस्था किन चर्चाको विषय हुन सकेन । अव पत्रकारीताले वर्तमान मात्रै नभई वर्तमानले ल्यायको असर समाथानका लागि भोलीको उपयुक्त विषय उठान गर्नु र त्यसलाई चर्चाको विषय वनाउनु सञ्चार माध्यमको प्रमुख दायीत्व हो । यस्तै विषय पत्रकारीतामा महत्व पाउन सकुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया