कपिलवस्तुमा घर भत्किँदा ३ को मृत्यु

कपिलवस्तु २२ साउन, ।

कपिलवस्तुको गुगौली-५ तिनघरवामा घर भत्किँदा एकैघरका ३ जनाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन् । प्रहरीका आनुसार मृत्यु हुनेमा २५ वर्षीया सत्यवती भर, १२ वर्षीय मनवरी भर र ५ वर्षीय श्यामसुन्दर  रहेका छन्

प्रहरीले घटनालगत्तै  घाइतेलाई भैरहवा पठाएको थियो । घाइते भएका चिन्नी भरको मेडिकल कलेज भैरहवामा उपचार भैइरहेको छ ।

गएराति करिब साढे ८  बजे घरको बरण्डामा बसेर खाना खाइरहेका बेला पक्की घरको छतको झाप खसेर परिवारका सदस्यहरु थिचिएका प्रहरीले जनाएको छ  । घर पुरानो र जिर्ण रहेकाले झाप खसेको प्रहरी निरिक्षकले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया