कम्पनी दर्तादेखि खारेजसम्मको काम अब अनलाइनबाटै गर्न सकिने

काठमाडौं, २० फागुन, २०८१ । कम्पनी दर्ता गर्न होस् खारेजी गर्न हो अब कसैले पनि भौतिक रुपमा कार्यालयमा उपस्थिति हुनु पर्ने छैन । अनलाइनको माध्यमबाट नयाँ कम्पनी दर्ता तथा खारेज गर्न सकिने व्यवस्था कम्पनी रजिष्ट्रारको कार्यालयले गरेको छ ।
कार्यालयमा घन्टौ लाइन बस्नुपर्ने झन्झटलाई मध्यनजर गर्दै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी सम्पूर्ण कामलाई सहज र सरल तरिकाले पारदर्शी बनाउन कमपनी प्रशासन व्यवस्थपन सूचना प्रणाली (CAMSIs\htps://camis.ocr.gov.np) का सबै मोडुलहरुलाई कार्यान्वयनमा ल्याएको छ ।
यस प्रणालीकाले प्रयोग गरी सहज र सरल तरिकाले अनलाइनकै माध्यमबाट कम्पनी दर्तादेखि खारेजीसम्मका सबै प्रक्रियाहरु पूरा गर्न सकिने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
कतिपय भौतिक उपस्थितिबाट जाँच गर्नुपर्ने प्रकृतिका आवेदनहरुबाहेक अरु सबै आवेदनहरु अब घरमै बसेर अनलाइन प्रणालीबाटै गर्न सकिने भएको छ । सम्बन्धित सबै किसिमका कागजातहरुमा डिजिटल हस्ताक्षर गरी सम्बन्धित कम्पनीको अनलाइन अकाउन्टमा स्वचालित रुपमा पठाउन सकिने व्यवस्था छ ।
यसैगरी आवेदन पेश भएपछि कार्यालयमा तोकिएको कर्मचारीद्वारा अनलाइन प्रणालीबाटै सम्बन्धित कम्पनीलाई सूचना दिइने तथा साविकमा सञ्चालन रहेको प्रणालीका सम्पूर्ण निवेदन तथा कागजातहरु सम्बन्धित कम्पनीले नै अनलाइन प्रणालीमा हेन सक्ने व्यवस्था गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया