कम्युनिष्ट विचारले नयाँ शक्तिमा विवाद
काठमाडौं २५ जेठ ।
नयाँ शक्ति नेपालमा कम्युनिष्ट (वामपन्थी) विचारधारा अवलम्बन गर्ने कि नगर्ने भन्नेमा विवाद भएको छ ।
एकीकृत नेकपा माओवादी र नेकपा एमाले परित्याग गरी नयाँ शक्तिमा गएका नेताहरु वामपन्थी विचारसहितको पार्टी गठन गर्नु पर्ने पक्षमा देखिएका छन् । पूर्वप्रशासक, सुरक्षा अधिकारी र कलाकार भने त्यसको विरोधमा रहेको आजको कारोबारदैनिकमा समाचार छ ।
गणेशराज राई, रामेश्वर खनाल, नाथुप्रसाद चौधरी, डा. प्रविण मिश्र, मदन राई, सुरेन्द्र चौधरी, अशोक शर्मालगायतले वामपन्थी विचार अवलम्बन गरिए पार्टीमा नबस्ने चेतावनी दिएका छन् ।
पार्टी घोषणा नुहँदै किचलो सुरु भएपछि संयोजक बाबुराम भट्टराई अप्ठेरोमा परेका छन् । उक्त विवादले गर्दा यही जेठ ३० गते सार्वजनिक गर्ने भनिएको पार्टीको नाम र अन्तरिम विधानको पनि टुंगो लाग्न सकेको छैन ।
‘कम्युनिष्ट दर्शन बोकेर पार्टी गठन भयो भने हामी भोलिपल्टै बाहिरिन्छौं’ नेपाल प्रहरीका पूर्वएआईजी समेत रहेका केन्द्रीय सचिवालय सदस्य गणेशराज राईले भने, ‘एमाले र माओवादीजस्तै विचारधारा होइन कि हामी दिगो शान्ति, स्थायित्व, विकास र समृद्धिसहितको नयाँ शक्तिमा आएका हौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया