‘कर्णालीको चिहान’को निष्कर्ष : मान्छेको आँखा छैन

 जीवन, जगत र मृत्युका यर्थातहरुलाई मिहिन ढंगबाट ब्याख्या र विश्लेषण गरेर गत साल युवा साहित्यकार योगलाल गौतमको तेस्रो साहित्यिक कृतिका रुपमा कर्णालीको चिहान निबन्ध संग्रह बजारमा आएको छ । निबन्धकार गौतमले देश, विश्व चरित्र, समाज, साहित्य र संम्पूर्ण इकाइहरुको बारेमा सुक्ष्म अध्ययन र विश्लेषण सहित यस पुस्तक बजारमा ल्याएका हुन् । ‘प्रेमको मलामी’,‘रणभेरी’ र ‘कर्णालीको चिहान’ गरी गौतमका तीन ओटै साहित्यिक पुस्तकका शिर्षक प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मृत्युसँग जोडिएका देखिन्छन् । उनको लेखनीको निचोड जिवनको अन्तिम सत्य मृत्यु नै हो भन्ने देखिन्छ । र, उपन्यासकार गौतमले ‘कर्णालीको चिहान’ पुस्तक मार्फत पनि यही तथ्यको प्रमाणित गर्न खोजेका छन् ।
यो नाटकीय संसारका अघाडी साहित्य मार्फत जिवनका सत्यहरु उजागर गरेर नाटक र सत्यबीचको फरकपन प्रस्तुत गर्न खोजिएको यस निबन्ध संग्रहले मृत्युलाई धुब्र सत्य मानेको छ । मान्छेका सबै घृणित कृयाकलापहरुलाई धिक्कारेको छ । बेथाका धुँवाहरु शब्द बनेर गड्गडाइ रहेको सो निबन्ध संग्रह उनका ब्यक्तिगत विचार, धारणा र बुझाइमा आधारित छ । जम्मा ३५ ओटा निबन्धहरुको संकलन रहेको पुस्तक ‘कर्णालीको चिहान’को पहिलो निबन्ध ‘पृथ्वीको टिका’मा संसार नै एउटै देश हो र हुनुपर्छ भन्ने भाव बोकेको पाइन्छ । त्यसैगरी दोश्रो निबन्ध ‘मेरी आमाको पेट’मा आमाको पेटबाट बाहिर आइसकेपछी संसारिक कुकृत्यहरु देख्नु परेकाले आमाको पेट नै स्वर्गिय स्थान रहेको पुस्तकमा लेखिएको छ । स्वर्ग खोज्दै जाँदा, न्युरोडको भट्टि पसल, क्रिमको गाला, मुटु झिकेर अचानोमा, भान्सा छोडेर ट्वाइलेट लगायतका रोचक शिर्षकहरुमाथी  निबन्धकार गौतमले सघन याख्या र विश्लेषण गरेका छन् ।

यस कृतिमा रहेको नजन्मिएको मान्छे निबन्धमा भनिएको छ, ‘समय नभएको मान्छे नजन्मीएको मान्छे जस्तै हो । नजन्मिएकोलाई केही हुदैन । झन् समय त हुदै–हुदैन ।’
मुल शिर्षक कर्णालीको चिहान भित्र नेपालको तथाकथित दुर्गम कर्णालीलाई चिहानमै पु¥याइएको बिषयवस्तु उल्लेख गर्दै कर्णालीलाई देशको मुटु मानि विकास गर्नुपर्नेमा पुस्तकले जोड दिएको छ । विगतका घटनाहरुका साथै धार्मिक विषयवस्तुलाई पनि तार्किक रुपमा ब्याख्या गरिएको यस निबन्ध संग्रहले विश्वब्यापी रुपमा बढ्दै गएको अंग्रेजी मोहलाई समेत झटारो हानेको छ ।
धनबादले प्रश्रय पाएको नेपाली समाजमा सत्यवाद निरिह बन्दा आगोको बस्ती मौलाई नैतिकताको खरानी बनिसकेको निकर्ष नै यस पुस्तकको रोचक पक्ष हो । अहिलेको मान्छेले मान्छेकै रगत चुसेर रमाउन थालिसकेको भन्दै पुरुषहरुको महिलामाथी हुने दमनलाई पनि निबन्धमा खेद ब्यक्त गरिएको छ । होनाहार नेपाली युवाहरु खाडी मुलुकहरुमा टवाइलेट सोर्न बाध्य रहेको तथ्य उजागर गर्दै नेपालीजन एक ढिक्का नुन लिन कतार उडेको सत्यता पुस्तकमा छ ।
खानदानी चितामा जल्दैमा गरिवलाई हेयभावले हेर्न हुदैन भन्ने सन्देश बोकेको यस निबन्धले नेपाली पसिना अरबको बालुवामा बिलाएको प्रति चिन्ता प्रकट गरेको छ । डेट यक्सपाएर औषधीलाई पानीकै थोपा हालेर निलेपनि त्यो गल्तीको पहाड हुन्छ । सेतोले कालोको बर्णन गरेर समयको छुरा मुटुमा राखी खरानीको टिका लगाइ मासुका चोक्टाहरु लुसेर कालो विचार बोकी बन्दुकको दलिन मुनी सुत्ने मान्छेको आँखा छैन भन्ने निर्कष नै पुस्तकको निचोड हो ।

प्रकाशित मिति २०७५-१-२३

                                                                                              प्रस्तुति : सगिता सुबेदी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया