कर्णेल कुमार लामाले डा बाबुरामलाई धन्यवाद दिए
काठमाडौं २२ भदौ
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गम्भिर गल्ती थुनामुक्त गरेर सच्चाएको बताएका छन् । उनले भने – ‘आगामी दिनमा नेपाली सम्प्रभूता मिच्ने अपराध कसैले नगरोस् ।’
कर्णेल कुमार लामाले भने डा. बाबुराम भट्टराईलाई टेलिफोन गरेर भट्टराई नेतृत्वको सरकारले गरेको पहलप्रति धन्यवाद व्यक्त गरेको भट्टराई सचिवालयले जनाएको छ ।
महासेनानी लामालाई थुनामुक्त गर्न तत्कालीन भट्टराई सरकारले पहल सुरु गरेको थियो । लामालाई छुटाउनको लागि लाग्ने धरौटी र वकिल खर्च भट्टराई सरकारले उपलब्ध गराएको तत्कालीन महान्यायाधीवक्ता मुक्ति प्रधानले बताए । सरकारले बेलायत सरकारलाई पत्राचार समेत गरेको थियो ।
विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत लामा जनवरी २०१३ बेलायतमा पक्राउ परेका थिए । उनलाई माओवादी युद्धको बेला मानवअधिकार उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थिए । आरोप पुष्टि नभएपछि लामालाई बेलायतले थुनामुक्त गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया